२५ असार २०८३, बिहीबार

३० अङ्कले घट्यो नेप्से, ४ अर्ब ८२ करोडको कारोबार​

असार २४, २०८३
काठमाडौं
३० अङ्कले घट्यो नेप्से, ४ अर्ब ८२ करोडको कारोबार​

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३० दशमलव ०९ अङ्कले ओरालो लागेर दुई हजार ६२१ दशमलव ५९ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ९२ अङ्कले ओरालो लागेर ४५६ दशमलव ६८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक दुई दशमलव ०६ अङ्कले घटेर १७९ दशमलव ८९ मा पुगेको छ ।

त्यस्तै, सेन्सेटिभ फ्लोट सूचक भने एक दशमलव ४२ अङ्कले घटेर १५४ दशमलव ५८ मा पुगेको छ । आज विभिन्न कम्पनीका ८४ लाख ६३ हजार १५ कित्ता शेयर चार अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ मूल्यमा खरिद बिक्री भएको छ ।

आज १३ वटै उपसमूहमध्ये १२ वटा उपसमूह घट्यो भने एक उपसमूह बढ्यो । आज २५ कम्पनीको शेयर बढ्यो भने २४७ कम्पनीको शेयर घट्यो ।

नेप्सेका अनुसार सिटिजन बैंक डिबेञ्चर, एनएमबी डिबेञ्चर, प्रभु बैंक डिबेञ्चरका लगानीकर्ताले कमाएका छन् भने कर्पाेरेट डेभलपमेन्ट बैंक, उपकार लघुवित्त वित्तीय संस्था र सानीगाढ हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्