मंसिर १०, २०८०
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
असोज १०, २०७९
मकवानपुरकी नानी मैयाँ तामाङले सीतापाइलाको फूटपाथमा मकै पोल्दै बेच्न लागेको उन्नाइस वर्ष भयो ।
मकै बेचेरै उनले आफ्नो पेट र घर–परिवार पाल्दै आएकी थिइन् । तर, काठमाडौं महानगरपालिकाले फूटपाथबाट हटाएपछि उनको बिचल्ली भएको छ ।
बिहानबेलुका मकै पोल्न पनि धौधौ भएको उनले बताइन् ।
'हामीहरू जस्तो फूटपाथमा मकै पोलेर जीविकोपार्जन गर्नेहरू अब कहाँ जाने ?,' उनले प्रश्न गरिन्,'बिहान–बेलुका हातमुख जोर्न पनि धौधौ छ। मेरो काम, जागिर, व्यवसाय जे भने पनि यही हो ।'
अब बालबच्चाहरूलाई कसरी खुवाउने, कसरी उचित शिक्षा दिने भन्ने चिन्ताले उनलाई सताइरहँदो रहेछ ।
'पहिला यही मकै पोलेरै आफ्नो गाउँमा घर बनाएकी थिएँ। यताको सबै खर्च पनि यही मकै पोलेरै पुर्याउने गरेकी थिएँ,’ उनले मलिनो स्वरमा भनिन् ।
काठमाडौं महानगरले फूटपाथ खाली गर्ने अभियान थालेपछि फूटपाथमा गुजारा गर्ने साना व्यापारीहरू समस्यामा छन् ।
उनीहरूले गरिखान दिनुपर्छ भन्दै भदौ ३० गते महानगरअगाडि विरोध प्रदर्शन समेत गरेका थिए ।
***
फूटपाथमा व्यापार गर्दै आएकी निर्मला केसीको कथा अलि फरक छ । उनी श्रीमानसँग डिभोर्स गरेर बसेकी एकल महिला हुन् ।
उनले कोरोना महामारीपश्चात स्वयम्भु क्षेत्रमा लत्ताकपडाको व्यापार गर्दै आएकी थिइन् । चाडपर्वका बेला विगतका वर्षमा जस्तो व्यापार गर्न नपाउँदा उनी दु:खी छिन् ।
महानगरले फूटपाथबाट हटाएपछि बालबच्चालाई निजी स्कूलबाट निकालेर सरकारीमा हाल्नुपरेको गुनासो उनले गरिन् ।
'गरिखाने ठाउँबाट महानगरले उठाइदियो । बच्चालाई बोर्डिङ स्कूलमा पढाउनै सकिनँ अनि त्यहाँबाट निकालेर नजिकैको सरकारी गीतामाता स्कूलमा हालेको छु,' उनले गुनासो पोखिन् ।
महानगरले विकल्प नदिने हो भने आफूहरू निकै ठूलो समस्यामा पर्ने उनको गुनासो छ ।
'घर-परिवार पाल्नुपर्यो। सबै मेरै काँधमा छ,' केसीले भनिन्, 'हामीलाई अफिस टाइमबाहेकको दुई घण्टा जसरी पनि फूटपाथमा व्यापार गर्ने मौका दिनुपर्छ । नत्र मर्नुको विकल्प छैन ।'
कुनै खुला स्थानमा आफूहरूलाई व्यापार गर्न दिने व्यवस्था मिलाउन उनको माग छ ।
'फूटपाथबाट हटाउने हो भने पनि हामीलाई व्यवस्थापन त गर्नुपर्छ । हामीले पनि गरिखान पाउनुपर्यो नि !' उनले भनिन् ।
***
फूटपाथमै व्यापार गरेर आफ्नो परिवार धान्दै आएकी निता रोकाको कथा पनि उस्तै छ।
रत्नपार्कको फूटपाथमा बच्चाका लत्ताकपडा व्यापार गर्दै आएकी उनी २० दिनयता कमाइविहीन छिन् ।
'महानगरले हामी गरीबलाई धेरै दु:ख दिएको छ । फूटपाथमा बसेर जम्माजम्मी दुई-तीन सय जति दैनिक कमाइ हुन्थ्यो। त्यही पैसाले बालबच्चा पढाउने र घर खर्च चल्ने गरेको थियो,' रोकाले लोकान्तरसँग भनिन्, 'हामीले दु:ख पायौं, सन्ततिलाई यस्तो दु:ख नहोस् भनेर मेहनत गरेका हौं, तर महानगरले बिचल्ली बनायो ।'
फूटपाथबाट हटाइएका सबैको उस्तै माग छ, हामीलाई कहीँ त व्यवस्थापन गर्नुपर्यो । तर, उनीहरूको मागलाई महानगरले सम्बोधन गर्न सकिरहेको छैन ।
‘मेरो किड्नी बिकाउमा छ । कसैलाई चाहिन्छ भने सम्पर्क गर्नुहोला । मलाई व्यवहार चलाउन धेरै गाह्रो भएको हुनाले किड्नी बेच्न खोजेको हो । नेपाल सरकारसँग पनि मेरो अनुरोध छ, नरोक्नका लागि । ब्लड ग्रुप ए,’ ...
सेलरोटी बनाएर दिनकै ३० हजारमाथि व्यापार, छोरालाई बनाइन् डाक्टर काठमाडौं महानरपालिका– १६ माछापोखरीको दाहिने कुनामा मंगलबार एकजना अधबैंसे महिलालाई सेलरोटी बनाउन भ्याइनभ्याइ थियो । सा...
समय : आइतवार बिहान ७ बजे स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्याएको ठाउँ) ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...
नागरिक उड्डयन प्राधिकरणमा जागिर खानुअघि प्रदीप अधिकारी काठमाडौंका इन्जिनियरिङ कलेजहरूमा अध्यापन गराउँथे । अध्यापन गराइरहेका अधिकारीलाई एकैपटक दुइटा अवसर आए– एउटा सरकारी जागिर र अर्को विदेशमा पीएचडीक...
सिधै ‘अफिसर’ (अधिकृत)बाट निजामती सेवामा प्रवेश गरेकी राधिका अर्याल लुम्बिनी प्रदेश सरकारको बहालवाला प्रमुख सचिव हुन् । निजामती सेवामा प्रवेश गरेको १९ वर्षमै प्रशासनतर्फबाट नेपाल सरकारको विशिष्ट श्र...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
जलवायु परिर्वतनसम्बन्धी सम्मेलन सन् १९९५ मा जर्मनीको बर्लिनबाट शुरू भई २८ औं कोप सम्मेलन दुबईमा भइरहेको छ । शुरू–शुरूका सम्मेलनमा मानव जीवन र प्रकृतिका बीच सन्तुलन कायम गरी दिगो विकास गर्न जोड दिएको पाइन्...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...