×

NMB BANK
NIC ASIA

बैंकको बढ्दो ब्याजदरप्रति व्यवसायीको आपत्ति

असोज १२, २०७९

NTC
Premier Steels

नेपाल राष्ट्र बैंकको निर्देशनविपरीत वाणिज्य बैंकहरूले ऋणीलाई ताकेता गरेपछि व्यवसायीले आपत्ति जनाएका छन् । तरलता अभाव देखाउँदै कर्जा लगानी नगर्ने बैंकहरूले असोज मसान्तभित्र साँवाब्याज बुझाउन ताकेता गरेपछि व्यवसायीहरूले विरोध जनाएका छन् । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकले रु ५ करोडसम्मका ऋणका हकमा असोज मसान्तसम्म तिर्न नसक्ने ऋणीलाई हर्जना नलगाउन, ताकेता नगर्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको थियो । तर, बैंकहरूले सात दिनभित्र ब्याज÷हर्जना रकम तिर्न भन्दै पत्राचार गर्ने, सूचना टाँस गर्नेलगायतका कार्य गरेपछि सुर्खेत उद्योग वाणिज्य संघले आपत्ति जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संघका अध्यक्ष लक्ष्मण कँडेलले व्यापार–व्यवसाय धरापमा परेका बेला राष्ट्र बैंकको नीतिविरुद्ध व्यवसायीहरूलाई मानसिक तनाव दिने काम गरेको बताए । उनले भने, ‘ऋणीलाई सहजीकरण गर्नुको साटो तनाव दिने कामप्रति हाम्रो गम्भीर असहमति छ ।’


Advertisment
Nabil box
Kumari

संघका अध्यक्ष कँडेलले आफू पनि बैंकको ताकेताबाट पीडित भएको बताए । उनले भने, ‘आर्थिक मन्दीले व्यवसाय ठप्प छ, बैंकले मनपरी ब्याज बढाउने, राष्ट्र बैंकको निर्देशनविपरीत ताकेता गर्ने काम भइरहेको छ ।’ नेपाल चेम्बर अफ कमर्स सुर्खेतका अध्यक्ष चिन्तामणि शर्माले बैंकहरूले अस्वाभाविक रुपमा ब्याजदर बढाएपछि व्यवसाय धान्न गाह्रो परिरहेको गुनासो गरे । 

Vianet communication

यसअघि सुर्खेत उद्योग वाणिज्य संघले आर्थिक समस्या समाधानका लागि अर्थमन्त्री जनार्दन शर्मालाई ज्ञापनपत्र बुझाउनाका साथै राष्ट्र बैंक र जिल्लास्थित सम्पूर्ण वाणिज्य बैंकहरूलाई विरोधपत्र बुझाइसकेको छ । नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले केन्द्रीय बैंकको निर्देशनविपरीत बैंकहरूबाट काम भइरहेको भए कारबाही हुने बताए । उनले भने, ‘हाम्रा आफ्नो संयन्त्रबाट वाणिज्य बैंकका कार्यहरूको निगरानी भइरहेको हुन्छ, अन्य संयन्त्रबाट पनि सूचना पाइरहेका हुन्छौँ, यदि त्यसो हो भने राष्ट्र बैंकले आवश्यक कारबाही गर्छ ।’

बैंकको ब्याजदर घटाउने, नियन्त्रण गर्ने विषयमा छलफल चलिरहेको उनको भनाइ छ । प्रवक्ता भट्टले ऋणीले अर्थतन्त्रको व्यापारचक्र बुझ्न नसक्दा पनि समस्या देखिएको बताए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख १०, २०८१

नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतवार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमवार पुनः घटेको छ ।  साताको दोस्रो दिन १५.४१ अंकले घट्दै नेप्से परिसूचक १९६९.०२ विन्दुमा रहँदा कारोबार रकम पनि घटे...

बैशाख ६, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १९ दशमलव ५६ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७२ दशमलव १४ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक तीन दशमलव शून्य चार अङ्कले ओरालो लागेर तीन स...

बैशाख ४, २०८१

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ दशमलव ८१ अङ्कले ओरालो लागेर १ हजार ९ सय ९१ दशमलव ७१ मा सीमित भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटीभ परिसूचक दुई दशमलव २६ अङ्कले ओरालो लागेर तीन ...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x