
गुगलले भिडियो गेम स्ट्रिमिङ सेवा स्टडिया बन्द गर्ने भएको छ ।
यो सेवा आगामी जनवरी १८ मा बन्द हुने गुगलले जनाएको छ ।
स्टडियाका उपाध्यक्ष र महाप्रबन्धक फिल ह्यारिसनले बिहीवार यसबारे जानकारी गराएका हुन् ।
स्टडियाले इन्६रनेटमा विभिन्न खेलहरू स्ट्रिम गरिरहेको छ ।
भिडियो गेम खेल्ने तरिकामा क्रान्ति नै ल्याउने भन्दै तीन वर्ष अघि यसको शुरूवात गरिएको थियो ।
तर यसले अपेक्षित परिणाममा प्रयोगकर्ताको साथ पाउन नसकेको ह्यारिसनले बताएको न्यु योर्क टाइम्सले लेखेको छ।