२५ असार २०८३, बिहीबार

वीरगञ्जका वडामा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम अभियान

वीरगञ्जका वडामा मेयर घरदैलो स्वास्थ्य कार्यक्रम अभियान
फाइल तस्वीर

वीरगञ्ज महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ अभियान लाई निरन्तरता दिएको छ । गत भाद्रदेखि वडा नम्बर ३० बाट सो कार्यक्रम आरम्भ गरिएको हो । 

हालसम्म महानगरपालिका वडा ३०, ३१ र ३२ गरी ३ हजार १८२ स्थानीयवासीको जाँच गरिएको अभियानमा सहभागी चिकित्सक उमेश सर्राफले बताए । वडा ३२ मा १ हजार ११० को स्वास्थ्य जाँच गरिएको छ । स्थानीय तहको निर्वाचनका बेला मेयर राजेशमान सिंहले गरेकाे चुनावी प्रतिबद्धताअनुसार, ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ सुरु गरी निरन्तर जारी गरिएको मेयर सिंहले बताए । 

घरदैलोमै सबै खालका जाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि स्वास्थ्य जाँच गराउन आउने सेवाग्राहीको भीड लाग्ने गरेको अभियानमा सहभागी स्वास्थ्यकर्मी अनिसकान्त कुश्वाहाले जानकारी दिए । खासगरी वृद्धवृद्धा, गर्भवती तथा अन्य स्वास्थ्य समस्या भएका महिला कार्यक्रमस्थलमा जाँच्न आउने गरेको चिकित्सक जिन्नतुन नेशाले बताए । 

जाँचका लागि आउने स्थानीयवासीले ग्रामीण भेगबाट वीरगञ्ज आउजाउ गर्न आर्थिक खर्चलगायत अन्य व्यवस्थापनमा समस्या भइरहेको बेला घरआगनमै व्यवस्थित सम्पूर्ण सुविधासहित स्वास्थ्य जाँच सुविधा पाउँदा खुसी लागेको बताएका छन् । ‘मेयर घरदैलो स्वास्थ्य कार्यक्रम’ मा नगरवासीलाई चिकित्सकीय परामर्श, प्रयोगशाला सेवा तथा औषधि निःशुल्क वितरण भइरहेको छ । घरदैलो स्वास्थ्य अभियान ३२ वटै वडामा सञ्चालन गरिने जनाइएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्