×

NTC

दशैंको बिदामा बहिरङ्ग बाहेकका सेवा नियमित

असोज १६, २०७९

IME BANK INNEWS
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

दशैंको बिदामा चितवनका अस्पतालले सेवालाई नियमित गर्ने भएका छन् । 

yONNEX
Sagarmatha Cement

प्रायः अस्पतालले बहिरङ्ग बाहेकका सम्पूर्ण सेवा नियमित सञ्चालन गर्ने भएका हुन् ।


Advertisment
RMC TANSEN
shivam ISLAND

केही अस्पतालले भने दशैंको टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत नियमित सञ्चालन गर्दैछन् । 


Advertisment
Kumari
MAW JCB

भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले बहिरङ्ग सेवा बाहेकका अन्य सबै सेवा नियमित सञ्चालन हुने जानकारी दिए । बहिरङ्गको अत्यावश्यक खोप, ड्रेसिङ लगायतका सेवा भने टीकाको दिनबाहेक अन्य दिन सञ्चालन हुने उनको भनाइ छ । सोका लागि हरेक दिन बिहान ९–१० बजेसम्म सेवा सञ्चालन हुने व्यवस्था मिलाइएको छ ।

Vianet communication
Laxmi Bank

यसबाहेकका अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालनमा आउने छन् । पौडेलका अनुसार प्रसूति लगायतका विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने छन् ।

चितवन मेडिकल कलेजले टीकाको दिनबाहेक अन्य दिनमा बहिरङ्ग सेवा समेत दिने भएको छ । कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार टीकाको दिनमा बहिरङ्ग सेवा हुँदैन भने अन्य सबै सेवा सो दिनमा पनि सञ्चालन हुनेछन् । 

फूलपातीको दिनबाट टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बिहान ८ देखि मध्याह्न १२ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । सबै विभागमा विशेषज्ञ चिकित्सकले पालो मिलाएर सेवा दिने उनको भनाइ छ ।

दशैंको समयमा दुर्घटनाका बिरामी बढी आउने भएकाले मेडिकल कलेजले आकस्मिक र ट्रमा सेन्टरमा विशेष व्यवस्था गरेको छ । 

कलेज अफ मेडिकल साइसेन्स शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) का उपनिर्देशक डा. राजेश यादवका अनुसार बहिरङ्ग बाहेकका सबै सेवा दशैं बिदाभर पनि सञ्चालन हुनेछन् । फूलपातीको दिनदेखि टीकाको भोलिपल्टसम्म बहिरङ्ग सेवा बन्द भए पनि आकस्मिक सेवाबाट बिरामीलाई उपचार व्यवस्था गरिएको छ ।

उनले भने, ‘बहिरङ्गबाहेक अन्य सबै सेवा पूर्ववत् अवस्थामा सञ्चालन हुन्छन् ।’

hAMROPATRO BELOW NEWS
NLIC
TATA Below
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १५, २०८०

​तनहुँमा दैनिक डेंगु सङ्क्रमितको सङ्ख्या बढ्ने क्रम जारी छ । करिब दुई महिनाअघिदेखि फैलिएको डेंगु दैनिक फैलिँदै जाँदा अझै नियन्त्रणमा आउन सकेको छैन ।​​ मङ्गलवार मात्रै एक सय ८२ जना नयाँ डेंगु सङ्क्रमित थपिएक...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

रूकुम पश्चिम र जारजरकोटमा ओइलाएका सयपत्री फूल अनि ज्यूँदा सपना

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

'टिकटकसँग डराउने मान्छे प्रचण्ड हुन सक्दैनन्'

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

व्यवस्थामाथि हैन, 'असफल' नेतामाथि खतरा

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

x