![सोचेको नभएपछि प्रेमिकाले सार्वजनिक ठाउँमै हिर्काइन् प्रेमीमाथि थप्पड ! [भिडियो]](https://lktcdn2.prixacdn.net/media/thappad_l8iDAzgIpX.webp)
सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसमा प्रेमिकाले प्रेमीलाई थप्पड हानेको देखिएको छ ।
अमेरिकामा भएको घटनामा खेलकुद प्रतियोगिता हेर्न रंगशालामा पुगेका युवक अलेक्जेन्डर कोर्डाले प्रेमिकालाई प्रस्ताव राख्ने तयारी गरेका हुन्छन् । रंगशालामा दर्शकहरू भरिएका थिए । त्यसैबीच प्रेमिकालाई भेटेर प्रेमी कोर्डाले चुम्बन गर्छन् ।
चुम्बन गर्दासम्म सहज थिइन् प्रेमिका । तर जब कोर्डाले खल्तीबाट निकालेर ललीपप दिँदै वैवाहिक प्रस्ताव राख्छन्, तब प्रेमिका भड्किन्छिन् ।
स्थानीय सञ्चारमाध्यमका अनुसार प्रेमिकाले औंठी लगाएर वैवाहिक प्रस्ताव राख्नुपर्ने सोचेकी थिइन् तर कोर्डाले उनले सोचेको बुझ्न सकेनन् । त्यसपछि आक्रोशित भएकी प्रेमिकाले सार्वजनिक ठाउँमै प्रेमी कोर्डामाथि थप्पड हिर्काइन् ।
हेर्नुहोस् भिडियो –