०५ असार २०८३, शुक्रबार

३ जी र ४ जी मोबाइलको उत्पादन बन्द गर्दै भारत

असोज २७, २०७९
३ जी र ४ जी मोबाइलको उत्पादन बन्द गर्दै भारत

भारतमा अब ३ जी र ४ जी मोबाइलको उत्पादन बन्द हुने भएको छ ।

भारत सरकारले बुधवार यस्तो निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरूले बताएका छन् ।

अहिले भारतमा करीब ७५० मिलियन मोबाइल प्रयोगकर्ताहरू छन्। जसमध्ये १० करोड प्रयोगकर्ताले ५जी स्मार्टफोन प्रयोग गरिरहेका छन् ।

तर, ३५० मिलियन प्रयोगकर्ताहरू अझै पनि ३ जी  र ४जी  जडान भएका स्मार्टफोनहरूमा छन्। 

अब सबै स्मार्टफोन निर्माताहरूले १०,००० रुपैयाँभन्दा माथिको मोबाइलमा फोरजी वा कम कनेक्टिभिटी नजोड्ने बताइएको छ ।

बुधवार दूरसञ्चार विभाग र  इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले मोबाइल अपरेटर र स्मार्टफोन निर्माताहरूसँग बैठक गरी ३ महिनाभित्र फाइभजी सेवामा सार्न निर्देशन दिएको समेत बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्