×

NMB BANK
NIC ASIA

‘पूर्वाधारमात्र होइन सहरी विकास’

कात्तिक १, २०७९

NTC
Premier Steels

स्थानीय तहमा सडक पूर्वाधारमात्र विकास हो भन्ने मान्यतालाई परिवर्तन गर्दै समावेशीरूपमा सबै क्षेत्रमा कामको सुरुआत हुन थालेको छ ।

Muktinath Bank

कागेश्वरी मनोहरा नगरपालिकाले विसं २०७४ देखि २०७९ सम्म पूर्वाधारमा रु ११ अर्ब खर्च ग¥यो । यस अवधिमा सामाजिक क्षेत्रमा रु एक अर्ब पनि खर्च नभएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । ‘समावेशी सहरबस्तीको आवश्यकताः सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ सोमबार आयोजित विश्व बसोबास दिवसको एकदिने कार्यशाला गोष्ठीमा नगरप्रमुख कार्कीले पूर्वाधारमात्र विकास हो भन्ने मान्यतालाई आफूले परिवर्तन गर्न नीति बनाएको सुनाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“स्थानीय सरकारबाट बजेट विनियोजनको प्राथमिकतालाई परिवर्तन गर्दै चालु आर्थिक वर्षमा रु पाँच करोड स्वास्थ्य क्षेत्रलाई र महिला उद्यमशीलता प्रवद्र्धनलाई रु एक करोड बजेट विनियोजन गरेको छु, पूर्वाधारमात्र विकास हो भन्ने मान्यतालाई परिवर्तन गर्न लागिपरेका छौँ”, उनले भने ।


Advertisment
Nabil box
Kumari

नीलकण्ठ नगरपालिकाका नगरप्रमुख भीमप्रसाद ढुङ्गाना विसं २०४९ सम्म एक गाविसमा रु १८ हजारमात्र बजेट विनियोजन हुने गरेको सुनाउँदै अहिलेको स्थानीय सरकारमा कम्तीमा पनि रु ५० करोडभन्दा कम बजेट जाने स्थानीय तह नभएको बताए । यही बजेटबाट स्थानीय सरकारले पालिकाको समावेशी विकास गर्नुपर्ने उनको भनाइ छ । कुनै क्षेत्रलाई बढी र कुनैलाई कम बजेट विनियोजन गर्नुभन्दा पनि सबै क्षेत्रलाई समानुपातिकरूपमा अघि बढाउन प्रेरित गरिएको नगरपालिका सङ्घको महासचिवसमेत रहेका ढुङ्गानाले बताए । उनले भने, “अधिकारको विकेन्द्रीकरण भए पनि अझै आर्थिक विकेन्द्रीकरण भएको छैन, अहिले पनि कुल बजेटको ११ प्रतिशतमात्र स्थानीय तहमा जान्छ, विषयगत अध्ययन गरेका कर्मचारी र लामो अनुभव भएका जनप्रतिनिधि मिले समावेशी विकासमा योगदान गर्न सकिन्छ ।”

Vianet communication

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामा नगर क्षेत्रका सडकमा बालबालिका र असहाय व्यक्ति नरहने गरी पूर्वाधार बाहेकलाई पनि प्राथमिकतामा राखेर काम भएको बताइन् । सबै क्षेत्रमा समावेशीरूपमा स्थानीय सरकारबाट काम गर्न जनशक्ति र स्रोतको अभाव हुने भएकाले थप आर्थिक अधिकार स्थानीय तहलाई दिनुपर्ने बताइन् । बजेट अभावमा अझै अपाङ्गता भएका व्यक्तिलाई आश्रयस्थल, अपाङ्गतामैत्री संरचना निर्माणमा ठोस काम गर्न बाँकी रहेको नगरप्रमुख लामाले बताइन् ।

धुलिखेल नगरपालिकाका उपप्रमुख नीराजन जङ्गमले जलाधार संरक्षण गर्दै एक घर एक धारा नीति कार्यान्वयनमा नगरपालिका लागिपरेको बताए। नगरपालिकाले एकीकृत सहरी विकास योजनासमेत निर्माण गरेर समावेशीरूपमा सहरी विकासको काम गरिरहेको उनले सुनाए ।

अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्रसङ्घीय मानव बसोबास कार्यक्रम (युएन ह्याविट्याट)को आह्वानमा विश्व बसोबास दिवस मनाउने गरिएको छ  । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो सहरी विकास प्रवद्र्धन गर्ने मूल उद्देश्यले विश्वव्यापीरूपमा यो दिवस मनाउन थालिएको हो । राष्ट्रसङ्घले सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार यो दिवस मनाउन थालेको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख १२, २०८१

नेपाली युवाहरूको संस्था निलुवा समाज पोर्चुगलको पहिलो वार्षिक भेला मंगलबार सम्पन्न भएको छ । रोजगारीको शिलशिलामा पोर्चुगललाई कर्मभूमि बनाएका बाग्लुङको गल्कोट नगरपालिका– ४ चमुवाका युवाहरूको उक्त भेलामा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

जेठ ४, २०८१

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्न दलहरूबीच सहमति जुट्न नसकेपछि प्रतिनिधि सभा बैठक शुक्रवार दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ। शुक्रवार बिहान ११ बजेका लागि बोलाइएको बैठक पौने १ बजेको स...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x