२० असार २०८३, शनिबार

विराटनगरमा सहरी सडक योजना तथा व्यवस्थापनसम्बन्धी ४ दिने तालिम

असार ८, २०८३
विराटनगर
विराटनगरमा सहरी सडक योजना तथा व्यवस्थापनसम्बन्धी ४ दिने तालिम

'सहरी सडक योजना तथा व्यवस्थापन' विषयक ४ दिने तालिम विराटनगरमा शुरू भएको छ ।

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एन्ड इन्जिनियरिङ फर्म्स नेपालले निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा तालिमको आयोजना गरिएको हो ।

निर्माण क्षेत्र तथा सम्बन्धित सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाका सरोकारवाला निकायहरू (3Cs- नियोक्ता, परामर्शदाता र निर्माण व्यवसायी)का व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको पहिलो दिन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा नेपाल इन्जिनियरिङ परिषद्का अध्यक्ष प्राडा पद्मबहादुर शाही, नेपाल इन्जिनियर्स एसोसिएसन, कोशी प्रदेशका अध्यक्ष इ. जगरनाथ शाह, पूर्वाञ्चल विश्वविद्यालय स्कूल अफ इन्जिनियरिङका निर्देशक प्राडा धर्मेन्द्र सिंह तथा नेपाल निर्माण व्यवसायी महासंघ, कोशी प्रदेशका अध्यक्ष जनसेवक भण्डारीलगायतको उपस्थिति रहेको थियो।

salt training

कमेन्ट गर्नुहोस्