३१ असार २०८३, बुधबार

रोयल इनफिल्डको रोपाइँ महा राइड, कृषि संस्कृति र राइडिङ समुदायको अनौठो संगम

असार १४, २०८३
काठमाडौं
रोयल इनफिल्डको रोपाइँ महा राइड, कृषि संस्कृति र राइडिङ समुदायको अनौठो संगम

नेपालगञ्जमा ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगञ्ज २०८३’ सम्पन्न भएको छ ।

नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालि अन्तर्गत नेपालगञ्जको आधिकारिक डिलर वेस्टएन्ड प्रालिले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ रोपाइँ महा राइड आयोजना गरेको हो ।

राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको कम्पनीले जनाएको छ ।

रोयल इनफिल्ड नेपालगञ्ज शोरुमबाट शुरू भएको राइड गाभर भ्यालीसम्म पुगेको थियो । जसमा २०० जना रोयल इनफिल्ड राइडर सहभागी थिए ।

कार्यक्रमका प्रमुख अतिथि बाँकेका प्रमुख जिल्ला अधिकारी (सीडीओ) दिलकुमार तामाङले नेपालको कृषि संस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउने तथा पर्यटन र समुदायलाई जोड्ने यस्ता कार्यक्रमको प्रशंसा गरे ।

कार्यक्रममा सहभागीहरूले परम्परागत धान रोपाइँ मा सहभागिता जनाउनुका साथै अक्स फिल्डिङ, मड्डी टग अफ वार, म्युजिकल चेयर प्रतियोगिता, थारु सांस्कृतिक कार्यक्रम तथा गाभर भ्यालीका स्थानीय अर्गानिक परिकारहरूको स्वाद समेत लिएका थिए ।

यस कार्यक्रमले साहसिक मोटरसाइकल यात्रालाई नेपालको मौलिक कृषि संस्कृति र स्थानीय जीवनशैलीसँग सुन्दर ढंगले जोडेको कम्पनीको दाबी छ। 

कार्यक्रमको नेतृत्व रोड क्याप्टेन तथा अल्फा अटोमोटिभका निर्देशक मेघराज पौडेलले गरेका थिए ।

हेर्नुहोस्, तस्वीरहरू 

null

null

null

null

null

null

salt training

कमेन्ट गर्नुहोस्