०५ साउन २०८३, मंगलबार

खेलमा फर्कियो स्विजरल्याण्ड, अर्जेन्टिनासँग १–१ को बराबरी

असार २८, २०८३
काठमाडौं
खेलमा फर्कियो स्विजरल्याण्ड, अर्जेन्टिनासँग १–१ को बराबरी

फिफा विश्वकप २०२६ को अन्तिम क्वाटरफाइनलमा स्विजरल्याण्डले साविक विजेता अर्जेन्टिना विरुद्ध सानदार पुनरागमन गरेको छ। कान्सास सिटी स्टेडियममा जारी खेलको ६७ औं मिनेटमा डान एनडोएले गोल गरेपछि खेल १–१ को रोमाञ्चक बराबरीमा पुगेको छ।
दोस्रो हाफको सुरुदेखि नै अर्जेन्टिनामाथि दबाब बनाइरहेको स्विजरल्याण्डका लागि एनडोएले जीवनदान साबित हुने गोल गरे। उनले रिकार्डो रोड्रिग्वेजसँग उत्कृष्ट 'वान-टु' पास खेल्दै पेनाल्टी बक्सभित्र छिरेर कठिन कोणबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। यो गोलसँगै विश्व विजेता अर्जेन्टिना अहिले दबाबमा देखिएको छ।
दोस्रो हाफमा अर्जेन्टिना केही सुस्त देखिएको थियो, जसको फाइदा स्विजरल्याण्डले उठायो। स्विजरल्याण्डले लगातार आक्रमण बुने पनि अर्जेन्टिनी गोलकिपर एमिलियानो मार्टिनेजले केही समयका लागि संकट टारेका थिए।

विशेषगरी ग्रानिट झाकाको प्रहार र एनडोएको शक्तिशाली हेडलाई मार्टिनेजले उत्कृष्ट बचाउ गरेका थिए। तर, ६७ औं मिनेटको तीव्र आक्रमणलाई भने उनले रोक्न सकेनन्।
यसअघि खेलको १० औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरले कप्तान लियोनेल मेस्सीको सहयोगमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफमा नियन्त्रण जमाएको अर्जेन्टिनाले दोस्रो हाफमा भने स्विजरल्याण्डको गतिलाई रोक्न संघर्ष गरिरहेको छ।
अहिले ७० मिनेटको खेल सकिँदा दुवै टोली १-१ को बराबरीमा छन्। 

salt training

कमेन्ट गर्नुहोस्