०३ साउन २०८३, आइतबार

सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

असार २९, २०८३
काठमाडौं
सिटी एक्सप्रेस मनी ट्रान्सफरको २०औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

सिटी एक्सप्रेस मनी ट्रान्सफर २०औं वर्षमा प्रवेश गरेको छ ।​

२०औं वार्षिकोत्सवको अवसरमा सिटी एक्सप्रेसले केन्द्रीय कार्यालयको प्राङ्गणमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

'रक्तदान जीवनदान–हामी सबैको योगदान' भन्ने  मूल नाराका साथ आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सिटी एक्सप्रेसको कमलादीस्थित मुख्य कार्यालयमा आयोजित कार्यक्रममा उल्लेख्य सहभागिता रहेको थियो ।

साथै २०औं वार्षिकोत्सवको अवसरमा कम्पनीले वर्षका उत्कृष्ट कर्मचारीहरूलाई  पुरस्कृत पनि गरेको थियो । उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्रान्ड एम्बेस्डर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिति रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १९ वर्षदेखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्