०४ साउन २०८३, सोमबार

रास्वपाले सरकार चलाउने अधिकार पाएको हो, लोकतन्त्रमाथि खेल्ने होइन– गगन थापा

साउन ३, २०८३
काठमाडौं
रास्वपाले सरकार चलाउने अधिकार पाएको हो, लोकतन्त्रमाथि खेल्ने होइन– गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार चलाउने अधिकार पाए पनि संविधान र लोकतन्त्रमाथि खेलवाड गर्ने अधिकार नपाएको बताएका छन् ।

प्रजातान्त्रिक विचार समाजले आइतबार पोखरामा आयोजना गरेको कार्यक्रममा सभापति थापाले संविधानमाथि खेलवाड गर्ने कुरा आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

‘रास्वपाले ५ वर्षका लागि सरकार सञ्चालनको म्याण्डेट पाएको छ । त्यहाँभित्र के हुन्छ चासोको विषय छैन, उसले ५ वर्ष सरकार चलाओस्,’ थापाले भने, ‘तर, प्रजातन्त्रमाथि खेलवाड गर्ने अधिकार पाएको होइन । संविधान र नागरिकको अधिकारको विषयमा खेलवाड गरिए कांग्रेसले विरोध गर्छ ।’

रास्वपा ठूलो पार्टी भए पनि देशलाई सम्हाल्ने शक्ति कांग्रेस भएको उनले बताए । ‘अहिले पनि सरकारले उत्ताउलो भएर काम गरेको छ, तर हामी उत्तेजनामा आएर प्रतिक्रिया जनाउन मिल्दैन । अहिले पनि सम्हाल्ने र देशलाई अर्को भड्खालोमा जान नदिने जिम्मेवारी कांगेसको हो,’ थापाले भने ।

उनले संविधान संशोधन हुनै हुँदैन भन्ने आफूहरूको धारणा नरहेको स्पष्ट गरे ।

salt training

कमेन्ट गर्नुहोस्