
प्रदेश सरकार गठनको विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ।
नेकपाका प्रवक्ता प्रकाश ज्वालाले मंगलबार प्रचण्ड मधेस जानुअघि करिब दुई घण्टा दुई नेताबीच छलफल भएको पुष्टि गरे ।
प्रदेशमा सरकार गठनबारे दुई नेताबीच सकारात्मक छलफल भएको उनले बताए । तर हालसम्म एमालेसँग औपचारिक सहमति नभएको भइनसकेको उनको भनाइ छ ।
प्रचण्ड मधेस प्रदेशको कार्यक्रम सकेर काठमाडौं फर्किएपछि सहमतिको मस्यौदामा थप छलफल हुने र त्यसअघि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग पनि एक चरण संवाद गरिने जनाइएको छ।
आजै प्रचण्डले जनकपुरमा वामपन्थी शक्तिबीच सहकार्यको वातावरण बनेको बताएका थिए ।