०७ साउन २०८३, बिहीबार

‘योगमाया सखी’ बनेकी बबिता बानियाँ भन्छिन्– ‘द्रव्य संकलनका लागि कथा वाचन गर्दिनँ’

साउन ६, २०८३
काठमाडौं
‘योगमाया सखी’ बनेकी बबिता बानियाँ भन्छिन्– ‘द्रव्य संकलनका लागि कथा वाचन गर्दिनँ’

काठमाडौँ । लोकदोहोरी गायिका बबिता बानियाँ (जेरी), जो पछिल्लो समय धार्मिक कथावाचक ‘योगमाया सखी’का रूपमा समेत परिचित छिन् । उनले आफूले द्रव्य संकलन (आर्थिक लाभ) का लागि कथा वाचन नगर्ने बताएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा बुधबार स्टाटस लेख्दै उनले आफूलाई अध्यात्मको मार्गमा डोर्‍याउने गुरुहरूप्रति कृतज्ञता व्यक्त गर्दै गुरुको उपदेश र आज्ञाअनुसार कथा वाचनलाई व्यवसाय नबनाउने प्रतिबद्धता जनाएकी हुन्।

उनले लेखेकी छन्, “मेरो यो जन्मलाई धन्य पार्नका निमित्त मलाई चेली स्वीकार गरी श्रीमद्भागवतलगायत अन्य ग्रन्थहरूको ज्ञान ग्रहण गर्ने सौभाग्य प्रदान गर्ने मेरा आदरणीय गुरुदेवहरूप्रति सदा ऋणी छु। उहाँहरूकै उपदेश र आज्ञालाई शिरोपर गर्दै द्रव्य संकलन मात्र हेतुले कथावाचन नगर्ने, अध्ययनलाई निरन्तरता दिने, सत्सङ्ग, प्रवचन, भजन–कीर्तन र मेरो गीत–संगीतको यात्रालाई पनि निरन्तर अघि बढाउने छु।”

बानियाँले लोकदोहोरी गायिकाको रूपमा करिब डेढ दशक लामो यात्रा गरेपछि केही पहिले अध्यात्मको मार्ग समेत रोजेकी थिइन्। उनले श्रीमद्भागवत तथा अन्य धार्मिक ग्रन्थको अध्ययन गर्नुका साथै नेपाल र भारतमा गुरुहरूसँग प्रशिक्षणसमेत लिएकी थिइन्।

salt training

कमेन्ट गर्नुहोस्