०४ साउन २०८३, सोमबार

नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता

साउन ३, २०८३
काठमाडौं
नेकपा संयोजक प्रचण्ड स्वदेश फिर्ता
फाइल फोटो

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएका छन् । 

भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।

उद्‌घाटन सत्रमा संयोजक प्रचण्डले विश्वव्यापी शक्ति सन्तुलनमा देखिएका परिवर्तन, साम्राज्यवाद र नवउदारवादका चुनौती, दक्षिण एसियाली जनआन्दोलनको अनुभव तथा २१औं शताब्दीको समाजवादको राजनीतिक रूपरेखाबारे आफ्नो दृष्टिकोण प्रस्तुत गरेका संयोजक प्रचण्डको स्वकीय सचिवालयले जनाएको छ ।

श्रीलङ्का भ्रमणका क्रममा संयोजक उनले त्यहाँका प्रमुख वामपन्थी राजनीतिक शक्तिसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए ।

कमेन्ट गर्नुहोस्