१२ साउन २०८३, मंगलबार

पोन्नियन सेल्भन बन्यो २०२२ मा सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म, कति कमायो ?

कात्तिक ३, २०७९
पोन्नियन सेल्भन बन्यो २०२२ मा सबैभन्दा धेरै कमाउने तेस्रो फिल्म, कति कमायो ?

मणिरत्नमको निर्देशनमा बनेको पोन्नियन सेल्भन २०२२ को तेस्रो सबैभन्दा धेरै कमाउने भारतीय फिल्म बनेको छ।

फिल्मले हालसम्म विश्वभर ४५० करोड भारतीय रुपैयाँभन्दा बढी कलेक्सन गरिसकेको बताइएको छ । 

फिल्मले कमाईको मामिलामा ब्रह्मास्त्र र विक्रमलाई पछि पारेको छ । 

पोन्नियन सेल्भनले विदेशमा मात्रै १६१ करोडको कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेको छ । 

मिडिया रिपोर्टका अनुसार पोन्नियन सेल्भनले आयन मुखर्जीको निर्देशनमा बनेको ब्रह्मास्त्र र कमल हासन स्टारर विक्रमलाई कमाईको हिसाबले पछाडि पारेका छन्। 

ब्रह्मास्त्रले अहिलेसम्म ४३१ करोडको ग्लोबल ब्यापार गरेको छ भने विक्रमले ४४३ करोड कमाएको छ ।

 अहिले यी दुवै चलचित्र पीएस–१ ले पछाडि परेका छन् ।   

पोन्नयान सेल्भनले बक्स अफिसमा ऋतिक रोशन र सैफ अली खान स्टारर विक्रम वेधासँग प्रतिस्पर्धा गरेको थियो ।   

मणिरत्नमले निर्देशन गरेको चलचित्र पोन्नयान सेल्भन १ मा चियान विक्रम, ऐश्वर्या राई बच्चन, तृषा कृष्णन, कार्ती, जयम रवि र शोभिता धुलिपला जस्ता अनुभवी कलाकारहरुको उपस्थिति रहेको छ । 

संगीत ए.आर. रहमानले दिएका छन् फिल्मको बजेट करिब ५ सय करोड रहेको छ । 

यसको दोस्रो भाग पनि रिलिज हुँदैछ । 

फिल्मले दक्षिण भारतमा दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ । फिल्म ३० सेप्टेम्बर २०२२ मा सिनेमाघरमा रिलिज भएको थियो।

salt training

कमेन्ट गर्नुहोस्