×

NMB BANK
NIC ASIA

चुनावी चर्चा

‘माननीय’ चुन्ने मौकामा मतदाताको मननीय अन्तर्वार्ता

कात्तिक ५, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

घर कहाँ हो ? काठमाडौं ।

Muktinath Bank

कति वर्ष हुनुभो ? ६५ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चुनावमा कसलाई भोट हाल्नुहुन्छ ? जित्नेलाई ।


Advertisment
Nabil box
Kumari

मत नगन्दै यो उम्मेदवारले जित्लान् भनेर कसरी थाहा हुन्छ ? थाहा हुन्छ ।

Vianet communication
Laxmi Bank

कसरी ? चुनाव जित्ने भनेकै सत्ता, साम, दाम, दण्ड भेदले हो ।

त्यसो भए जित्नेलाई चिनेर भोट दिनुहुन्छ ? हो बाबु ! म त सधैं जित्नेलाई दिने हो, भोट हाल्न लागेको ५–६ पटक भयो, भोट हालेको खेरै गएको छैन । 

यो संवादपछि मलाई पनि कता–कता आफ्नो भोट खेर गएकोमा पश्चाताप लाग्न थाल्यो । म त भोट दिँदा यसो हेरेर काम गर्ला जस्तो, बोलेको कुरामा अडिग हुने, पढे–लेखेको, राजनीतिमा अलि खुलेर, सब काम छाडेर, मनैदेखि लागेको मान्छेलाई दिने गरेको छु ।

मतदाताका कारणले देश बिग्रिएको भन्ने तर्कलाई म मान्दिनँ । किनकि मतदाता जाँदै नगए पनि नेता उठेपछि, उसैका घर परिवारका सदस्यले मात्र भए पनि भोट राखेर ऊ जीतको घोषणा गर्छ । तसर्थ मत दिन वा नजानु पनि समाधान हैन ।

आखिर जित्नेलाई नै दिने हो त भोट ? वा मान्छे चिनेर, जानेर, बुझेर दिने ? म अन्योलमा छु । कतिपयले भन्ने गर्छन्, ‘तपाईं कुनै विषयमा मतैक्य अर्थात् असहमति राख्नुहुन्छ भने त्यो कुरा परिवर्तनतर्फ खुलेर लाग्नुस्, नत्र तपाईंको विमति र असहमतिले कुनै अर्थ राख्दैन ।’

विमति गरेर, सबै धन्दा छाडेर, वर्तमानको विकृतिको विरोधमा हिँड्न मलाई फुर्सद छैन । किनकि मलाई नून र तेलको जोहो गर्नुछ । म आफू नून तेलको जोहोमा मात्र लाग्ने, अनि अरुलाई अघि सार्ने, त्यो पनि अन्याय हो । हरेक दिन कामबाट घर फर्कंदै गर्दा जाममा परेपछि साह्रै रिस उठ्छ । फेरि आफैंलाई सम्हाल्छु, मनमनै भन्छु, यो मबाट नहुने कुरामा चिन्ता लिएर, प्रेसर बढाएर किन औषधिको बाटो लाग्ने ? अरुलाई ठीक छ भने मलाई मात्र किन चिन्ता ? मनलाई थुमथुम्याउँछु ।

मत दिनु भनेको सर्मथन या विरोध मात्र होइन, संविधान प्रदत्त नागरिक अधिकार पनि हो । यसलाई हनन् गर्न मन छैन, तथापि दलका, दल इतरका, स्वतन्त्र वा बागी स्वतन्त्र कुनै पनि उम्मेदवार हेर्दा चित्त बुझ्दैन तर म विवश छु । कसैले काम गर्ने होइनन् किन दिने भोट ? बरु सिरक ओढेर सुतुँभन्दा आमा बहिष्कार गर्न हुन्न, दुनियाँले नराम्रो मान्छन् भन्नुहुन्छ तर दुनियाँले राम्रो–नराम्रो के मान्छन्, चिन्ता त मेरी आमाभन्दा नेताले गर्नुपर्ने होइन र ?

राम्रो भन्यो स्वतन्त्रलाई मत दियो । जितेपछि मन्त्री बन्न र पद लिन, स्वार्थ पूरा गर्न अनेक बहानामा पार्टीतिर छिर्छ । विश्वमा पार्टी सिस्टम खराब भए दुनियाँले किन अँगाल्थे । यसो सोच्छु, सिस्टम होइन हामी खराब हो कि ? हामी भन्नाले ‘भोट दिने र भोट लिने दुवै ।’

मतदातालाई टिकट कसले पाउँछ, कसले दिन्छ, कसरी दिन्छ, कस–कसलाई दिन्छ ? यो कुरा खासै थाहा हुन्न होला, किनकि यसका लागि राजनीति बुझ्नुपर्छ । अहिले हेर्दा टिकट पाएको ३ वटा आधार भेटियो । जसमा नाता, परिवार, धन पैसा तथा एस म्यान अर्थात् आफूप्रति बफादार । यो सबै पार्टीमा हाबी छ ।

यो सबै कुरा बुझेर मत दिने ३ प्रतिशत होलान् तर अन्य मतदाता उल्टो नेता–पार्टीसँग डराउँछन् । त्यसैले भोट हाल्छन् । खासमा कसलाई भोट दिँदा राम्रो हुन्छ ? कसैलाई थाहा छैन । राम्रो केलाई भन्ने ? प्राथमिकता फरक छ । काठमाडौंमा बसेकालाई जाम, प्रदूषण, फोहोर आदि खट्केको छ । दुर्गम गाउँमा पुल भए वर्षामा तर्न, भुराहरूलाई स्कूल जान सहज हुन्थ्यो भन्ने छ । मलाई मेरो आफ्नै स्वार्थ छ, केलाई पहिलो नम्बरमा राख्ने कुनलाई दोस्रो ? साना व्यापारीलाई बैंकबाट सहज ऋण, करमा सहज, व्यापार गर्ने थलो आदि चाहिएला । ठूला व्यापारीलाई कर, भन्सार, राजस्व, सम्पत्ति शुद्धीकरण, विश्व व्यापार संगठन, व्यापार सहजीकरण, एलसी, राजस्व छुट, सहुलियत हुन सक्ला । सर्वसाधारणलाई बत्ति, पानी, टेलिफोन, केवल, धारा, सडक, ढल, खाद्यान्न, इन्धन, स्कूल, अस्पताल आदि होला । युवाहरूलाई क्रिकेट, नेटफ्लिक्स, स्टार्ट अप, सोसल मिडिया, डिजिटल साइबर, पार्क, रगंशाला, क्याफे, क्लब, जिम, थिएटर, सिनेमा होला ।

आम मतदाताको चासो विकासमा हुन्छ तर संसदीय चुनावमा यो कुरा आउँदैनन् । स्थानीय निकाय विकासका लागि संसदीय निकाय नीति निर्माण, ऐन, कानूनका लागि भन्ने पनि गरिन्छ । वृद्धवृद्धालाई भत्ताको चासो हुन्छ । बुज्रुक मतदातासँग केहीबेरको बसाइमा उहाँको भनाइ, सिद्धान्त, विचारमा भिन्नता थियो तसर्थ उहाँको विचारमा स्वतन्त्र कामै छैन, फेरि स्थानीयका स्वतन्त्र र संसदका स्वतन्त्रमा भिन्नता छ । महिला मतदाता झन् असरल्ल के गर्ने के ? बुढा, छोरा, भाइ, भतिजा, बुहारी, छोरी, आफन्त र छिमेकीले जता भन्छन्, त्यतै भोट गर्ने हो । आफ्नो न विचार छ, न सिद्धान्त छ, न त पार्टी नै । काम परे आफन्तलाई नै हो गुहार्ने । महिलाले ऐनले निदृष्ट गरेको जति पनि सिट चुनावमा दलबाट पाएनन्, बोल्यो भने अहिले दिएको पनि खोस्छ, अन्योलमा छन् । जति महिलाले टिकट पाए आधार के ? श्रीमती, छोरी, बुहारी, रगतको नाता कि पैसाको ।

कुनै मतदातालाई सोध्यो भरे के खाउँ, भोलि के खाउँ छ, जसलाई भोट दिए पनि के हुन्छ र हामीलाई काम नगरी निर्वाह चल्दैन के गर्ने ? फेरि जसले जिते पनि हामीलाई के हुन्छ र टाउके टाउके मिल्छन्, भूँडी भर्छन् । सरकारी कर्मचारीलाई सोध्दा उनीहरुको सोच अलिक पूर्वाग्रह छ । धेरै दलगत नै छन् । मूलधारका दललाई नै समर्थन छ । शिक्षकहरू पनि राजनीति पूर्वाग्रहले सत्य बोल्दैनन्, केवल पार्टीको मुकुण्डो भिरेका छन् । मतदाताको हैरानी, निराशता, दिक्दारी एकातिर छ भने अर्कोतर्फ दलमै रहेर पनि मुख्य नेतृत्वको चेपाइमा परेर निराश छन् । सर्वसाधारणले उनीहरूलाई ठूलै मान्छन् तर उनीहरूको पीडा धेरै छ । सबै पार्टीमा ३–४ जनाको पेलाइ, हेपाइ र आदेश चल्छ । बाँकीको हैसियत केही छैन । चाकडी, चाप्लुसी गरेर बस्छन् ।

‘जुन जोगी आए पनि कानै चिरेका’
‘टाउके टाउके मिल्छन् भूँडी भर्छन्’
‘जसले जिते पनि हामीलाई के हुन्छ’
‘नेता सब चोर हुन्’
‘मासु भातमा भोट नबेचौं’
‘अहिले बूढालाई हैन, युवालाई मौका दिने’

मतदाताको मुखबाट यी भनाइहरू सर्वत्र सुन्न पाइन्छ । यसैगरी नेताहरूले भोट माग्न भन्ने गरेका शब्दावलीहरूमा सुनिन्छन्, ‘प्रतिगमनलाई जित्नु छ, संविधान कार्यान्वयन गर्नु छ, देशको समृद्धि र विकासका लागि, संघीयता, धर्मनिरपेक्ष र समावेशिताका लागि ।’ यी कुनैमा सत्यता छैन तर विकल्प पनि त छैन । नेताले चुनावको बेला लम्पसार गर्ने, नरम बन्ने, माफी माग्ने, ढोग्ने, रुने, कराउने गर्छन् । मतदाताको मनोविज्ञानमा कसरी प्रभाव पार्न सकिन्छ भन्ने उनीहरूलाई प्रस्ट थाहा छ । यो सबै हत्कण्डा अपनाएर नेताहरू हाम्रो घरआँगनमा आउँछन् । हामीलाई फकाइफुलाई गरेर जित्ने दाउमा छन्, हामीले भुलेर पनि पुरानालाई मतदान नगरौं ।

हरेक मतदाता म जस्तै हुन् । तथापि यो व्यवस्थाको विकल्प छैन । हामीले व्यवस्था फेरेको हो तर अवस्था उहीँ छ । त्यसैले अवस्था फेर्न नयाँ, इमान्दार, यथार्थवादी, युवालाई जिताऊँ । पुरानो नेताहरूबाट हाम्रो अवस्था फेरिन्न । नेता र नेताका परिवारलाई कानूनभन्दा माथि र हामी जनता कानून मान्ने अवस्था सुधार्नका लागि मतदाता जागरुक बनौं । निर्भिक भई मतदान गरौं तर सुपात्रलाई जिताऊँ, कुपात्रलाई धुलो चटाऊँ, नेपाल आमाको मुहार हसाऊँ । किन पुराना, खराब नेता हुन् भन्ने प्रमाणहरूमा बारम्बार गल्ती गर्ने, जनतालाई नगन्ने, नटेर्ने, साहु, महाजन, विदेशी माफिया डनको इशारामा चल्ने यो प्रवृत्तिले पुरानालाई जिताउन सान्दर्भिक देखिन्न । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

पुस ११, २०८०

नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x