२६ असार २०८३, शुक्रबार

मनाइयो नेपाल संवत्को नयाँ वर्ष ११४३

कात्तिक ९, २०७९
मनाइयो नेपाल संवत्को नयाँ वर्ष ११४३

चान्द्रमासअनुसार प्रचलनमा रहेको मौलिक नेपाल संवत्को नयाँ वर्ष ११४३ आज विभिन्न कार्यक्रम गरी विभिन्न ठाउँमा मनाइएको छ ।

राजधानीमा बिहान सूर्योदयसँगै नयाँ वर्षलाई भव्य स्वागत गरिएको थियो । नयाँ वर्षको खुसीयालीमा आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा शुभकामना ¥याली निकालिएको थियो । काठमाडौँ, ललितपुर, भक्तपुर, कीर्तिपुर, गोकर्णेश्वर, टोखा, साँखु, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा मौलिक वेषभूषासहित सांस्कृतिक झाँकीयुक्त शुभकामना ¥याली निकालिएको थियो ।

यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शङ्खधर साख्वाःले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवत्को सुरुआत गराएका थिए।
 

salt training

कमेन्ट गर्नुहोस्