१५ असार २०८३, सोमबार

आमाको दूधमा भएको रसायनले ट्युमरलाई टुक्राटुक्रा पार्ने

असार २५, २०८०
आमाको दूधमा भएको रसायनले ट्युमरलाई टुक्राटुक्रा पार्ने

 आमाको दूधमा मात्र पाइने एक रसायनले शरीरका ट्युमरलाई ससाना टुक्रा पार्न सक्ने अनुसन्धानबाट पत्ता लागेको छ । यसरी टुक्रा भएको ट्युमरलाई क्यान्सर रोगीहरूले पिसाबमार्फत फ्याँक्न सक्छन् । 

शिशुको विकासका लागि अपरिहार्य आल्फा१एचले स्वस्थ कोषिकालाई हानि नगरिकन ट्युमर नष्ट गरेको देखिएको छ । 

एक अध्ययनमा पिसाबथैलीको क्यान्सरबाट पीडित २० रोगीले आल्फा१एच ६ चोटि मात्र पाउँदा पनि पिसाबबाट ट्युमर फाल्न सकेको पाइयो । 

थप अनुसन्धानमा रोगीहरूले उपचारको दुई घन्टाभित्र खराब कोषिका फ्याँक्न सकेको देखिएको छ । 

आल्फा१एच फ्याट ओलेइक एसिडसँग मिसिएपछि तिनीहरूले क्यान्सरयुक्त कोषिकालाई आत्महत्या गर्न बाध्य बनाउँछन् । 

चेक गणतन्त्रका अनुसन्धानकर्ताहरूले यो केमाको नरम रूप हुन सक्ने बताएका छन् । परम्परागत केमोथेरापीमा कोषिकाहरू विषाक्त हुने र खराब साइड इफेक्ट देखिने हुन्छ । 

औषधि निर्माता ह्याम्लेट फार्मा लिमिटेडले यो रसायनबाट पिसाबथैलीको ट्युमर खुम्चिने अनि रोगीको अवस्था सुध्रिने विषयमा थप परीक्षण गर्ने योजना बनाएको छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्