×

NMB BANK
NIC ASIA

प्रतिनिधिसभा निर्वाचन

हिट चुनावी गीत दिएका बैकुण्ठ महत जसले चुनावकै कारण चाडबाड समेत मनाउन पाएनन्

‘मैं पनि एमाले...’ को लोकप्रियतापछि चुनावी गीतमा भ्याइनभ्याइ

कात्तिक १७, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

बैकुण्ठ महतलाई यस वर्ष दशैँ आएन । तिहारले पनि छोएन । कुनै पारिवारिक वा घरायसी समस्याले उनी चाडपर्वमा रम्न नपाएका भने होइनन् । उनका लागि दशैँ र तिहारभन्दा ठूलो चाड बन्यो, यस वर्षको चुनाव । 

Sagarmatha Cement
Muktinath Bank

नेकपा एमालेको चर्चित चुनावी गीत ‘सैं पनि एमाले, मैं पनि एमाले’ तयार हुनुमा महतको मुख्य योगदान छ । यो गीत बजारमा आएपछि महतले कुनै पनि चुनावमा फुर्सद पाएका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हुन त उक्त गीतमा प्रसिद्ध लोकगायक बद्री पंगेनी र प्रिया भण्डारीको स्वर छ । चर्चित गीतकार एकनारायण भण्डारीले गीतको शब्द लेखेका हुन् । त्यसो भए महतको भूमिका के त ? भन्ने प्रश्न आउन सक्छ ।


Advertisment
Nabil box
Kumari

यो गीत लेख्नका लागि भण्डारी र गाउनका लागि पंगेनीलाई उनै बैकुण्ठ महतले मनाएका हुन् । त्यसमाथि, गीतको लगानीकर्ता महत आफैं हुन् । यो गीत बजारमा आएपछि महतको व्यस्तता बाक्लियो ।   

Vianet communication
Laxmi Bank

अहिले पनि मंसिर ४ मा हुन लागेको प्रदेश र प्रतिनिधिसभा चुनावमा लागि गीत बनाउने काममा महत रातदिन खटिरहेका छन् । उनले दशैँ र तिहार माया मार्नु परेको कारण पनि यही हो ।

‘चाडपर्वलगत्तै चुनाव भएकाले यसपालि दशैंतिहार मनाउने फुर्सद नै पाइनँ । यो पाँच वर्षमा आउने पर्व हो । त्यसैले दशैँ–तिहार छाडेर काममै लागें’, महतले भने ।

यस वर्षको चुनावका लागि मात्रै उनको संलग्नतामा करीब ३ दर्जन चुनावी गीत आउँदैछन् । त्यसमध्ये कतिपय सार्वजनिक भइसकेका छन् भने कतिपय गीत भने अन्तिम चरणमा छन् ।

चुनावका बेला महतको व्यस्तता चुलिनुको अर्को कारण हो, उनी एमालेको जनवर्गीय संगठन ‘राष्ट्रिय जनसंगीत कलाकार संघ’को अध्यक्ष पनि हुन् ।

यसपटकको चुनावमा एमालेको प्रचारका लागि करीब एक सय हाराहारीमा गीत आउन लागेको महत बताउँछन् । ती सबै गीतमा प्रत्यक्ष वा परोक्षरूपमा महतको संलग्नता छ ।       

उम्मेदवारविशेषका गीतहरूको पनि हिसाब गर्ने हो भने एमालेको प्रचारात्मक चुनावी गीतको संख्या दोब्बरभन्दा बढी हुने महत बताउँछन् । 

‘मेरो सम्पर्कमा आएका मात्रै ३ दर्जनभन्दा बढी गीतहरू छन्, मैले लेखेका गीतहरू पनि ३ दर्जन हाराहारी छन् । त्यसमध्ये, आधा दर्जन गीतमा आफैँले स्वर दिएको छु । त्यसबाहेक अरू साथीहरूले गर्नुभएका गीतमा पनि समन्वय गर्दै आएको छु’, उनले भने । 

महत आफैँ एमालेको प्रचारात्मक गीत बनाउनमा व्यस्त छन्, तर अनामनगरस्थित उनको स्टुडियोमा अन्य दलका प्रचारात्मक गीतको पनि काम हुने गरेको छ ।

‘दलको गीत लेख्ने, उम्मेदवारहरूको गीत लेख्ने त भैहाल्यो, कतिपयले पार्टीको गीत गाउन मन छ, शब्द लेखेका छौं, हजुरले करेक्सन गरिदिनुपर्‍यो पनि भन्नुहुन्छ,’ महत भन्छन्, ‘कतिपयले गीत निर्माण गर्नुहुन्छ, भिडियोका लागि फूटेजमा सहयोग गरिदिनुपर्यो भन्नुहुन्छ । उहाँहरूलाई पनि सहयोग गर्दै आएको छु ।’ 

कोसेढुंगाबन्यो ‘सैं पनि एमाले...’

२०७४ सालको स्थानीय तह चुनावका बेला लोकप्रिय बनेको गीत थियो, ‘सैं पनि एमाले, मैं पनि एमाले...।’

एमालेका कार्यकर्ताले मात्रै होइन, अन्य दलका नेता कार्यकर्ताले पनि मन पराएको चुनावी गीत हो यो । एमालेले हरेक चुनावमा यही गीतलाई मुख्य प्रचार सामग्री बनाउने गरेको छ । एमालेका चुनावी सभाहरूमा यही गीत बजाएर कार्यकर्ताहरू छमछमी नाचिरहेको देखिन्छ । 

चुनावी गीत निर्माताको पहिचान बनाउन बैकुण्ठ महतका लागि यही गीत कोसेढुंगा बनिदियो । उक्त गीतको पर्दा पछाडिको ‘हिरो’ थिए, महत । त्यसबेलासम्म गीतकार एकनारायण भण्डारी ‘दलको गीत लेख्दिनँ’ भनेर बसेका थिए । गीत लेखनमा प्रसिद्धि कमाएका भण्डारीलाई दल विशेषको गीत लेखिरहनुपर्ने आवश्यकता थिएन । सांगीतिक दुनियाँका अभिन्न साथी थिए, भण्डारी र महत ।

उनै महतको आग्रह भण्डारीले नकार्न सकेनन् । शुरूमा त भण्डारीले महतको चुनावी गीत लेख्ने प्रस्ताव अस्वीकार गरेका थिए । तर, महत जसरी पनि लेखाउने पक्षमा थिए । 

‘पार्टीको गीत गर्दिनँ भन्नुभएका साथीहरूलाई पनि मनाएर त्यो गीत तयार गरेको थिएँ । साथीहरूलाई मनाउन ठूलै मेहनत गर्नुपरेको थियो’, महत भन्छन् ।

महतको त्यो मेहनत खेर गएन, गीत लोकप्रिय बनिदियो ।

हुन पनि शुरूमा त गीतकार एकनारायण भण्डारीले गीतको विवरणमा आफ्नो परिचय खुलाउन मानेका थिएनन् । त्यसैले, म्युजिक भिडियोमा गीतकारको नामको संक्षिप्तरूप ‘इ.एन.बि’ मात्रै लेखिएको थियो ।

गत वर्ष मात्रै महतले भण्डारीलाई सोधेर गीतकारको पूरा नाम युट्युबमा उल्लेख गरेका छन् । अहिले भने भण्डारीले अन्य राजनीतिक दलको पनि चुनावी गीत लेखिरहेका छन् । 

‘सैं पनि एमाले, मैं पनि एमाले’ गीत लोकप्रिय भए पनि भिडियो भने राम्रो बनाउन नसकेको महतलाई लाग्दोरहेछ ।

‘त्यसको भिडियो अझै राम्रो बनाउन सकिन्थ्यो । त्यसबेला लगानीको पनि अभाव थियो । अहिले पनि कताकता भिडियो धेरै राम्रो बनाउन सकिन्थ्यो भन्ने लाग्छ’, महतले भने ।

२०७४ को चुनावका बेला महतले करीब आधा दर्जन जति प्रचारात्मक चुनावी गीत बनाएका थिए । त्यसमध्ये ‘सैं पनि एमाले’ले सबैलाई छायाँमा पारिदियो ।  

कसरी गर्छन् चुनावी गीतको तयारी ?

महतलाई दलको गीत लेख्न धेरै समय लाग्दैन । नेताहरूसँग घुलमिल भइसकेका हुन्छन् । पार्टीको दस्तावेज पढिसकेका हुन्छन् । त्यसबाटै पार्टीको नीति र सिद्धान्तको ज्ञान पाउँछन् । 

‘नेतासँगको भेटवार्ता र छलफलका क्रममा आएको र गीतमा समेट्न मिल्ने विषयलाई बुँदागतरूपमा टिपोट गरेर राखेको हुन्छु । गीत लेख्ने क्रममा कतिपय बेला भने छुट्न नहुने केही कुरा छन् कि भनेर नेताहरूलाई पनि सोध्छु’, उनले भने । 

उम्मेदवारका व्यक्तिगत चुनावी गीतका लागि भने सम्बन्धित उम्मेदवारसँगै छलफल गरेर गीतमा समावेश गर्ने विषय तय गर्ने गरेको महतले बताए ।

गीत बनाउने क्रममा प्रतिस्पर्धी दललाई दोषारोपण गर्ने कुरामा भने सचेत हुने गरेको उनी बताउँछन् ।

चुनावी गीतको वाचा पूरा नहुँदा दुःख लाग्छ

चुनावी गीतमा मतदातासँग विभिन्न वाचाहरू गरिएका हुन्छन् । सपना बाँडिएका हुन्छन् ।   

उम्मेदवारले जितेर गएपछि ती वाचाहरू पूरा नगर्दा भने चित्त दुख्ने महत बताउँछन् । तथापि, नेताहरूलाई खबरदारी गर्न भने आफूले नछाड्ने उनी बताउँछन् । ‘नेताहरूसँग भेट्दा गीतमा वाचा गरिएको विषयलाई सम्झाउने गरेको छु । गीतमा हामीले यस्तो विषय राखेर गाएका थियौं । मतदातासँग गरिएको वाचा तपाईंले बिर्सन पाउनुहुन्न भन्ने गरेको छु,’ महतले भने । एमालेको गीत गाउँछु, तर पार्टीको गायक होइन

बैकुण्ठ महतले एमालेको बाहेक अन्य दलको गीत गाएका छैनन् । अन्य दलको गीत गाउने वा बनाउने रूचि पनि उनमा छैन । तर, महत भने आफू पार्टीको गायक नभएको दाबी गर्छन् । 

‘म एमाले हुँ । तर, एमाले गायक होइन । माया प्रेम र जनताको पीर मर्काका थुप्रै गीतहरू गाएको छु’, उनी भन्छन्, ‘एमालेको एउटा जनवर्गीय संगठनको अध्यक्ष छु । मेरो पदीय जिम्मेवारीले पनि अन्य दलको गीत गाउने वा बनाउने अनुमति दिँदैन ।’

एमालेको प्रचारात्मक गीत बनाए पनि अहिलेसम्म कुनै पनि गीतका लागि पार्टीबाट आर्थिक सहयोग नलिएको उनले बताए । पार्टीबाट सहयोग नलिई पार्टीको प्रचारका लागि मात्रै गीत बनाउने गरेकाले आफू दलको गायक नभएको उनको दाबी छ । 

‘पार्टीबाट अहिलेसम्म लगानी ल्याएको छैन । आफ्नै लगानीमा गीत बनाउने हो । कतिपय गीत बनाउन सहयोग जुट्ने गरेको छ । गीतमा त्यस्ता सहयोगीहरूको नाम समेटिदिएका हुन्छौं । त्यसरी सहयोग उठाएको विवरण पनि सम्बन्धित ठाउँमा दिने गरेको छु’, महतले भने ।  

संगीतकर्मीको लागि संघर्ष

करीब दुई दशक सांगीतक क्षेत्रमा समय दिएका महतले संगीतकर्मीहरूको हकहितका विषय पनि पैरवी गर्दै आएका छन् । राजनीतिकरूपमा भए पनि उनले कलाकर्मीहरूको नेतृत्व गरिरहेका छन् । आफूले संगीत वर्गकै हितको लागि काम गरिरहेको उनी बताउँछन् ।

यद्यपि, राजनीतिक दलमा आबद्ध रहेको भनेर उनको आलोचना पनि हुने गरेको छ । तर, त्यसमा महतको कुनै चित्त दुःखाइ छैन । 

‘आफूले रोजेको बाटो गलत छैन भनेर प्रमाणित गर्न संगीतकर्मीहरूको हितका लागि केही गरेर देखाउनुपर्ने चुनौती मलाई छ’, उनी भन्छन्,  ‘संघर्ष आफैँमा परीक्षणकाल हुँदोरहेछ ।’

एमालेबाहेकका दलका कतिपय कार्यकर्ताले उनलाई सामाजिक सञ्जालमा गाली गरिरहेका हुन्छन् । त्यसलाई पनि महत भने आफूप्रतिको ‘शुभचिन्ता’को रूपमा लिने बताउँछन् । 

‘कलाकारले पार्टीको गीत गाउनुहुँदैन भन्ने उहाँहरूको चिन्ता जायज होला । तर, जिन्दगीभर कलाकारिता गरिरहेका कलाकारहरू किन अमेरिका भासिँदैछन् ? यो देशमा कलाकारिता गरेर बाँच्न सक्ने अवस्था नदेखेकैले त होला नि !’ महत भन्छन्, ‘अवस्था फेर्ने भनेको राजनीतिले नै हो । फोहोर सफा गर्न मैदानमै उत्रनुपर्छ, पर बसेर रमिता हेरेर हुँदैन । हस्तक्षेपकारी भूमिका निर्वाह गरेर संगीतकर्मीको पक्षमा काम गर्न यसरी लागेको हुँ ।’

यस्ता छन्, महतका हिट गीत

कतिपयले बैकुण्ठ महतलाई एमाले निकट गायक भनेर परिभाषित गर्छन् । तर, लोक संगीतमा महतको बेग्लै पहिचान छ । उनले गाएका प्रशस्तै गीतहरू हिट छन् । बैकुण्ठ महत लोकदोहोरी क्षेत्रको एक चर्चित नाम हो । 

महतले २०६१ सालमा पहिलो गीत ‘धोका दिन सख्त मनाही छ’ ल्याएका थिए । उनको ‘मागेजति बरदान पाको भा’ बोलको गीत सुपरहिट बनेको थियो । 

महतको शब्द, संगीत र अभिनय रहेको प्रेमविरहको उक्त गीतमा स्वर भने विमलराज क्षेत्री र विष्णु माझीको छ । 

त्यसपछि, ‘जाऊँ है माया बटौली गाउँतिर’, ‘औँठी स्वयम्बरको’, ‘मान्छेको जिन्दगानी’, ‘दुई कुराले ठग्यो’, ‘के छ तिम्रो इच्छा ?’ ‘टिमुर’ लगायतका एकपछि अर्को हिट गीत महतले दिएका छन् । 

गुल्मीमा जन्मिएका महत रुपन्देहीको बुटवल बहुमुखी क्याम्पसमा पढ्दै गर्दा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध भएका थिए । अनेरास्ववियुकै स्टेज कार्यक्रमबाट उनले आफ्नो सांगीतिक यात्रालाई गति दिएका थिए । 

सांगीतिक क्षेत्रमा चर्चित गायक महतले दुई विषयमा स्नातकोत्तर गरेका छन् । बौद्धिक र प्रखर वक्ताकारूपमा समेत चिनिएका महतसँग सञ्चार क्षेत्र र अध्यापनको पनि अनुभव छ । 

यतिबेला चुनावी गीतमा व्यस्त महत चुनावलगत्तै व्यावसायिक गीतको यात्रामा अगाडि बढ्ने बताउँछन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

कात्तिक २३, २०८०

मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x