०१ असार २०८३, सोमबार

भैलाे खेलेकाे रकमले गाउँलाई बनाइयो उज्यालो

कात्तिक २१, २०७९
भैलाे खेलेकाे रकमले गाउँलाई बनाइयो उज्यालो

बाँके जिल्ला खजुरा गाउँपालिका–३ स्थित न्यू बाग्मती स्पोर्ट्स क्लबले तिहारमा भैली खेलेर जम्मा भएको रकमले गाउँभर बत्ती बालेको छ । 

क्लबको अगुवाइमा खेलिएको देउसी भैलोबाट सङ्कलित रकमले गाउँका बाटोको पोलमा बत्ती जडान गरिएको हो ।

रातको समयमा अन्धकार हुने खजुरा–३ को ‘बी’ गाउँमा बत्ती बालिएपछि उज्यालोसँगै रातको समयमा आवतजावत गर्न सहज भएको स्थानीवासीले बताए । स्थानीय नारायण थापाकाअनुसार रमाइलोका लागि खेलिएको भैलीको रकमबाट सबैलाई सुविधा पुग्ने गरी क्लबले बत्ती जडान गर्दा रकमको सदुपयोग हुनाका साथै सामाजिक सेवाको भावना पनि अभिवृद्धि भएको छ ।     

खेलकुदसँगै गाउँघरको सरसफाइ र यस्तै किसिमको सामाजिक कार्य गर्दै आएकामा गाउँमा रातको समयमा हिँड्डुल गर्दा समस्या भएपछि बत्ती बाल्नैका लागि भैली कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुरज सिंह ठकुरीले बताए । बत्ती जडानमा ७५ हजारभन्दा बढी खर्च भएको क्लबले जनाएको छ ।  रासस

salt training

कमेन्ट गर्नुहोस्