
बलिउड अभिनेता कार्तिक आर्यन आफ्नो पर्सनल र प्रोफेशनल लाइफका कारण प्राय: चर्चामा रहन्छन् ।
पछिल्ला दिनहरूमा उनी ऋतिक रोशनकी बहिनी पश्मिना रोशनसँग प्रेममा रहेको खबर चर्चामा रहेको छ ।
मिडिया रिपोर्टका अनुसार कार्तिकले ऋतिककी बहिनी पश्मिनालाई डेट गरिरहेका छन् ।
दुबैको एकअर्काको घरमा लामो समयसम्म भेटघाट हुने गरेको बताइएको छ ।
पिंकभिलाले कार्तिक आर्यनले काम नहुँदा घरमा सँगै बसेको दाबी गरेको छ ।
पश्मिना रोशन निर्देशक राजेश रोशनकी छोरी र अभिनेता ऋतिक रोशनकी भतिजी हुन्।
पश्मिना अहिले हिन्दी फिल्मबाट आफ्नो करियर शुरू गर्ने तयारीमा छिन् ।
उनी छिट्टै ‘इश्क विश्क’ को सिक्वेल ‘इश्क विश्क रिबाउन्ड’ मा देखिनेछिन् ।
यसअघि कार्तिक ‘लभ आज कल’ को सह-अभिनेत्री सारा अली खानसँग डेट गर्दै थिए।
केही वर्षअघि ‘कफी विथ करण’ मा साराले आफ्ना पिता सैफ अली खानको अगाडि नै कार्तिकसँग आफूलाई क्रस भएको बताएकी थिइन् ।
यससँगै साराले कार्तिकलाई डेट गर्ने इच्छा पनि व्यक्त गरेकी थिइन् ।
यस्तो अवस्थामा जब यी दुईले ‘लभ आज कल २’ मा सँगै काम गरे तब उनीहरुको अफेयरको हल्लाले गति लिन थाल्यो ।
तर, फिल्म रिलिजपछि उनीहरुको अफेयरको खबर पनि सार्वजनिक भएको थियो ।
पछि कार्तिकले पनि सारालाई इन्स्टाग्राममा अनफलो गरेको खबर आएको थियो ।