
कालीकोटको तिलागुफामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
मंगलवार दिउँसो भएको दुर्घटनामा ७ जना घाइते भएका छन् ।
मुगुबाट सुर्खेतका लागि छुटेको भे१छ ४४१२ नम्बरको जीप दुर्घटना तिलागुफा नगरपालिका ५ खल्लागाडमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुमा ठेगाना नखुलेका वर्ष २१ का अकल विक, वर्ष २५ का सुदर्शन सेजुवाल र वर्ष २१ का रमेश बुढा रहेका छन् ।
दुर्घटनामा घाइते भएकाहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । जीप सडकबाट ५० मिटर तल खसेको हो ।