०९ असार २०८३, मंगलबार

प्रभावकारी बन्दै टेलिकमको ग्रुप एसएमएस सेवा

कात्तिक २५, २०७९
प्रभावकारी बन्दै टेलिकमको ग्रुप एसएमएस सेवा

नेपाल टेलिकमले एकैपटकमा एउटै सन्देश धेरै मोबाइल नम्बरमा पठाउन सकिने गरी ल्याएको सामूहिक सन्देश सेवा प्रभावकारी बनेको जनाएको छ । 

यो सेवा अन्तर्गत आफ्नै मोबाइल नम्बरबाट इच्छाइएका मानिसको मोबाइलमा सुलभ दरमा सन्देश पठाउन सकिन्छ । 

यस अन्तर्गत उपलब्ध अफर उपयोग गरी सन्देश पठाउँदा प्रति सन्देश शुल्क जम्मा ५० पैसा मात्र लाग्दछ ।

यस अफरमा आवश्यकता बमोजिम २ हजार, ५ हजार र  १० हजार वटा मोबाइल नम्बरमा एकै पटक वा पटक पटक सन्देश पठाउन सकिने सुविधा उपलब्ध छ । जम्मा २ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत रु. १००० मा दुई दिन भित्रमा २ हजार सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।

यसैगरी ५ हजार सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. २,५०० मा ५ (पाँच) दिनभित्रमा ५ हजार सन्देश पठाउन सकिन्छ ।

यसका साथै १० हजार वटा सन्देश पठाउन सकिने प्याक अन्तर्गत जम्मा रु. ५ हजारमा १० दिन  भित्रमा जम्मा १० हजार वटा सन्देश पठाउन सकिन्छ । यस अफरमा कम्पनीको नेटवर्क भित्र मात्र सन्देश पठाउन सकिने टेलिकमले जनाएको छ ।  

यो सेवा प्रयोग गर्नका लागि प्रयोगकर्ताको आफ्नै नाममा कम्पनीको सिमकार्ड हुनुपर्नेछ र प्रेषित सन्देशको भाषा, शब्द र भावका बारेमा पठाउने व्यक्ति स्वयं पूर्ण जिम्मेवार हुनुपर्ने टेलिकमले जनाएको छ । 

टेलिकमका अनुसार यो सेवा प्रयोग गर्नका लागि  httpsM//groupsms.ntc.net.np लगइन गरी प्याकेज खरिद गर्न सकिने छ । 

ग्राहकले आफ्नो मोबाइलबाट सामूहिक सन्देश पठाउनको लागि आफ्नो कन्ट्याक्टमा भएका नम्बरहरू एक्सल शीटमार्फत अपलोड गरी सन्देश पठाउन सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।

   
 

salt training

कमेन्ट गर्नुहोस्