×

NMB BANK
NIC ASIA

निर्वाचनको सरगर्मी उत्साहजनक र वातावरण शालीन : निर्वाचन आयोग

कात्तिक २७, २०७९

NTC
Premier Steels

देशभर हिउँदे चिसो बढेसँगै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको चुनावी सरगर्मीको राप भने ह्वात्तै बढेको छ ।

Muktinath Bank

पछिल्ला केही दिनयता निर्वाचन प्रचारप्रसारको काम सञ्चार माध्यमबाट प्रभावकारी रुपमा भइरहेको र उम्मेदवार पनि मत माग्न घरदैलो कार्यक्रममा व्यस्त रहेकाले चुनावको सरगर्मी तीव्ररुपमा अघि बढेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्वाचनको प्रचारप्रसारमा तडक भडक नभएर अन्त्यन्त शालिन ढङ्गले अघि बढिरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले बताए । यसअघिका निर्वाचनका तुलनामा यस पटक आचारसंहिताको पालनामा सुधार भई तुल ब्यानर, पोष्टर, पम्प्लेट र भित्ते लेखनबाट सहर कुरुप हुनबाट जोगिएको छ । “राजनीतिक दलले निर्वाचमा धेरै खर्च भयो प्रचारप्रसारको समय र खर्च कम गर्ने व्यवस्था गर्न भनेपछि आचारसंहितामा त्यो व्यवस्था गरिएको हो”, उनले भने, “अहिले ध्वजापतका, पम्प्लेट, ब्यानर, माइक, आमसभाजस्ता विषय कम भए पनि निर्वाचन सबै मतदाताको मन मस्तिष्कमा छ, माहौल नभएको भन्न मिल्दैन, सहरको सुन्दरता पनि त कायम छ ।”


Advertisment
Nabil box
Kumari

सञ्चार माध्यममा विज्ञापन, राजनीतिक दल र उम्मेदवारका कार्यक्रम, समाचार र अरु निर्वाचनसम्बन्धी सामग्रीले पनि निर्वाचनको महौल बनिरहेको छ । पछिल्ला निर्वाचनमा मतदाता र उम्मेदवार दुवै परिपक्क हुँदै गएकाले निर्वाचनको शालीन हुन पुगेको हो । प्रतिनिधिसभा सदस्य दुई सय ७५ र प्रदेशसभा सदस्य पाँच सय ५० सिटका लागि हुने निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाता छन् ।       

Vianet communication

नेकपा ‘एमाले’ का नेता सुवास नेम्वाङले राजनीतिक दल, उम्मेदवार, मतदाता र लोकतन्त्र जति परिपक्क हुँदै जान्छ त्यति नै चुनाव शालिनरुपमा अघि बढदै जाने बताए । उनले भने, “दल र निर्वाचन आयोगबीच छलफल गरेर मितव्ययी बनाउन चुनाव प्रचारप्रसारको प्रक्रिया र शैलीमा आमूलपरिवर्तन गरिएको छ । निर्वाचनप्रति जनता परिपक्क, उत्साह र जागरुक छन् । हामीले जे सोचेका थियौँ त्यही भइरहेकोछ, म यसबाट खुसी छु ।”

पहिलाका चुनावमा तुल व्यानरले बजार र गाँउ छपक्कै हुने मात्र नभई मतदाता पनि विभिन्न दल विशेषका चुनाव चिह्न अंकित पोशाकले पहिरिएको देखिन्थ्यो । त्यसमा उम्मेदवारको खर्च धेरै हुन्थ्यो । यस पटकको निर्वाचनलाई मितव्ययी बनाउने उद्देश्यले आयोग र दलले चुनाव प्रचारप्रसारका सबैमा प्रक्रियामा आमूल परिवर्तन गरेका हुन् । आमसभा र घरदैलो समेत यसपटक १५ दिनमा सीमित गरिएकाले पनि पहिले जस्तो प्रचार भएन जनता निराश भएकी भन्ने कोणबाट टिप्पणी गरिए तापनि त्यो बुझाइ सही नभएको भनाइ छ ।

उम्मेदवार समक्ष मतदाताले अझै पनि खोइ त बाटो भनी जानेर वा नजानेर बिभिन्न माग र प्रश्न तेस्याइरहेका पूर्वसभामुख नेम्वाङ बताउँछन् ।

जनता अहिले पनि निर्वाचनप्रति पहिलेकै जस्तै उत्सुक रही उम्मेदवार समक्ष यस्तो काम हुन पर्‍यो भनेर माग गर्ने गरेको त्यसको टिपोट गर्दै प्रतिबद्धता जाहेर गर्ने गरेको पाइएको छ । तीस वर्षसम्म तपाईले के के काम गर्नुभयो त भनी प्रश्न गर्दै जनताले विधायकसँग अहिले पनि कुलो, सडक, धारा-पँधेरोका मुद्दालाई नै उठाउँदै आइरहेका देखिएको छ ।

नेपाली कांग्रेसका नेत्री पुष्पा भूषालले जिल्लाको भूगोलअनुरुप प्रचारप्रसारको समय अत्यन्त काम भएको र ठूला कार्यक्रम भन्दा घरदैलोलाई नै प्राथमिकतामा दिएका कारण निर्वाचनको वातावरण नदेखिएजस्ता भए पनि निर्वाचनप्रति जनताको उत्साह निकै राम्रो रहेको प्रतिक्र्रिया दिए । उनले भने, “हामी आफै जनताको घर दैलोमा गएकाले तडकभडक यस पटक छैन, जनतामा उत्साह भने ठूलो छ ।”     

 लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता अनिलकुमार झाले निर्वाचनमा मतदान गर्नका लागि जनता अत्यन्त उत्साही रहेको आफूले पाएको बताए ।    

 उनले भने, “निष्ठाको राजनीतिका लागि चुनाव कम खर्चिलो हुनुपर्छ भन्ने मान्यताका आधारमा चुनाव प्रचारप्रसारको गतिविधि अघि बढेकोछ, कानुन निर्माण गर्ने दायित्व भए पनि जनताले हामीसँग मलखाद, सिँचाइ, सडक, बिउबीजन, खानेपानी, वैदेशिक रोजगारीलगायत सामाजिक मुद्दा उठाइरहेका छन् ।”

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x