०९ असार २०८३, मंगलबार

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीएसमा आबद्ध

नेपाल लाइफ इन्स्योरेन्स पनि अब एनपीएसमा आबद्ध

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपीएस)को लागि दुइ संस्थाहरूबीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।   

उक्त सम्झौता पश्चात नेपाल लाइफको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) सँग जोडी एनपीएस अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरू प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।

जस मार्फत नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानी, लगायत आफ्ना कारोबारहरू गर्न सक्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ । 

साथै नेपाल लाईफले एनपीएसमा उपलब्ध अन्य उपकरणहरूको प्रयोग गरी थप नयाँ सेवाहरू पनि ल्याउने कार्य अगाडि बढाउन सकिने कम्पनीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्