
प्रतिनिधि सभातर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानबाट नेकपा एमालेका उम्मेदवार सूर्य थापा विजयी भएका छन् ।
राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई पराजित गर्दै थापा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
अन्तिम मतपरिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरेका छन् । उनका निकटम प्रतिष्पर्धी पौडेलले ३५ हजार ८४४ मत प्राप्त गरिन् । थापाले पौडेललाई ५ हजार २७४ मतान्तरले पराजित गरे ।
पत्रकारिता पृष्ठभूमिका थापा पहिलो पटक संसदीय यात्रामा छन् । पौडेल यसअघि २०७४ मा वाम गठबन्धनको तर्फबाट निर्वाचित भएकी थिइन् ।