२९ जेठ २०८३, शुक्रबार
कांग्रेस उम्मेदवार विजयी

एमालेका उपमहासचिव ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका नेता भण्डारी विजयी

एमालेका उपमहासचिव ज्ञवालीलाई पराजित गर्दै कांग्रेसका नेता भण्डारी विजयी

गुल्मी–१ बाट कांग्रेस नेता चन्द्र भण्डारी विजयी भएका छन् । उनले एमालेका उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् । 

भण्डारीले ३३ हजार ७४४ मत ल्याएका छन । त्यस्तै, ज्ञवालीले ३२ हजार १५२ मत ल्याएका छन । 

अहिले भण्डारीले ज्ञवालीलाई १ हजार ५९२ मतले पराजित गरेका हुन् । 

२०७४ सालको निर्वाचनमा गुल्मी–१ मा ज्ञवाली निर्वाचित भएका थिए । त्यसबेला ज्ञवालीले करीब ७ हजार मतले भण्डारीलाई पराजित गरेका थिए ।

कमेन्ट गर्नुहोस्