२९ जेठ २०८३, शुक्रबार
फिफा विश्वकप–२०२६

एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको विजयी शुरूआत

जेठ २९, २०८३
काठमाडौं
एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाको विजयी शुरूआत

फिफा विश्वकप फुटबलको २३औँ संस्करणमा एसियाली ‘पावर हाउस’ दक्षिण कोरियाले विजयी शुरूआत गरेको छ ।

दक्षिण कोरियाले शुक्रबार बिहान सम्पन्न खेलमा बलियो युरोपेली टोली चेक गणतन्त्रमाथि २–१ गोलको रोमाञ्चक जित हासिल गरेको हो ।

प्रतियोगिताको समूह ‘ए’मा रहेका चारवटै टोलीले एक–एक खेल खेलिसकेका छन् । यसअघि, आफ्नो पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले हराएको थियो ।

तीन अंकसहित आयोजक मेक्सिको तालिकाको पहिलो स्थानमा आसिन छ । तीन अंकसहित दक्षिण कोरिया दोस्रो स्थानमा छ । चेक गणतन्त्र र दक्षिण अफ्रिकाले भने खाता खोल्न सकेका छैनन् ।

मेक्सिकोको एस्टाडियो एक्रोनमा खेलिएको खेलको पहिलो हाफ गोरहित बराबरीमा सकिएको थियो । कोरियाली खेलाडीले अधिकांश समय आफ्नो खुट्टामा बल नचाए पनि चेकियाले शुरूआती अग्रता लियो ।

निर्धारित समयको ५९औँ मिनेटमा चेक गणतन्त्रका कप्तान लाडिस्लाभ क्रेजकीले पहिलो गोल गरे । तर, चेक गणतन्त्रको त्यो अग्रता लामो समय टिक्न सकेन ।

निर्धारित समयको ६७औँ मिनेटमै दक्षिण कोरियाका ह्वाङ इन–बिओमले जवाफी गोल फर्काए । खेलको ८०औँ मिनेटमा ओह हेयोन–ग्यूले अर्को गोल थप्दै कोरियालाई पहिलो खेलबाटै तीन अंक दिलाए ।

खेलका क्रममा चेक गणतन्त्रका टोमस सौसेकले गरेको एउटा आकर्षक गोललाई रेफ्रीले अफसाइड घोषित गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्