माघ १५, २०८०
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
मंसिर ११, २०७९
एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सल्यानमा प्रत्यक्षतर्फ हार बेहोरेको नेकपा (एमाले) समानुपातिकतर्फ भने पहिलो दल बनेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयद्वारा सार्वजनिक समानुपातिकतर्फको परिणामअनुसार एमालेले प्रतिनिधिसभाका लागि २२ हजार २५६ मत ल्याएको छ । माओवादी केन्द्रले २१ हजार ३२५, कांग्रेसले १९ हजार ९६६ र एकीकृत समाजवादीले ५ हजार ९७० मत प्राप्त गरेका छन् ।
प्रदेशसभातर्फका दुवै क्षेत्रमा एमालेले २२ हजार ३१९, माओवादी केन्द्रले २१ हजार २३१, कांग्रेसले १८ हजार ६४८ र समाजवादीले ८ हजार ४२९ मत मत प्राप्त गरेका छन् । जबकि त्यहाँ गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका प्रकाश ज्वालासँग एमालेका उम्मेदवार राजेन्द्रवीर राय निकट प्रतिस्पर्धामै आउन सकेनन् ।
ज्वालाले ३५ हजार ७ मत ल्याउँदा रायले १३ हजार २९ मत पाए । गठबन्धनविरुद्ध कांग्रेसले बागी उठाउँदासमेत त्यहाँ एमाले प्रतिस्पर्धामै आउन सकेन । यसलाई एमालेको स्थानीय नेतृत्वले उम्मेदवार चयनमा भएको त्रुटिका रूपमा विश्लेषण गरेको छ । राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष राय केही महिनाअघि एमाले प्रवेश गरेका थिए ।
‘जिल्ला र पार्टी राजनीतिमा भिजेको व्यक्तिलाई उम्मेदवार बनाएको भए नतिजा उल्टिन सक्थ्यो,’ सल्यान एमालेका एक नेता भन्छन्, ‘हाम्रा उम्मेदवार जनता र पार्टी कार्यकर्ता दुवैका लागि नयाँ जस्तै भए, जसले गर्दा समानुपातिक मत राम्रो हुँदाहुँदै पनि प्रत्यक्षतर्फ प्रतिस्पर्धामै आउन सकेनौं ।’
सल्यान जस्तै कर्णालीका अधिकांश जिल्लामा पनि प्रतिनिधिसभासँगै प्रदेशसभामा पनि एमाले समानुपातिकतर्फको मतमा पहिलो छ । निर्वाचन आयोगको पछिल्लो अपडेटअनुसार समानुपातिकतर्फ कर्णालीमा एमाले पहिलो स्थानमै छ ।
कर्णाली प्रदेशमा गणना भएको ५ लाख ११ हजार ९२९ मतमध्ये एमालेले १ लाख ६६ हजार ९२९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेस १ लाख ५३ हजार ८६६ मतका साथ दोस्रो हुँदा नेकपा (माओवादी केन्द्र) १ लाख २३ हजार ८५३ मत प्राप्त गरी तेस्रो स्थानमा छ । नेकपा (एकीकृत समाजवादी) ले ३० हजार ४३० र राप्रपाले १७ हजार ४८३ मत प्राप्त गरेका छन् ।
४० सदस्यीय प्रदेशसभामा २४ सदस्य प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने १६ सदस्य समानुपातिक प्रणालीबाट चुनिँदैछन् ।
एमाले प्रदेशसभामा प्रत्यक्षतर्फ पाँच सीटमात्र जित्न सफल भयो । कांग्रेस र माओवादीले प्रदेशसभामा ९/९ सीट जित्दा एमालेले ५ मा चित्त बुझाउनुपर्यो । प्रदेशसभामा एमालेबाट सुर्खेत २ (१) मा यामलाल कंडेल, दैलेख २ (२) विनोदकुमार शाह, जुम्ला २ मा टेकराज पछाई, डोल्पा १ मा शेरबहादुर बुढा र मुगु १ मा जीतबहादुर मल्ल विजयी बने ।
प्रतिनिधिसभाका १२ सीटमा भने एमाले शून्य भएको छ । केही समानुपातिक सांसदबाहेक कर्णालीबाट प्रतिनिधिसभामा एमालेको उपस्थिति कमजोर रहनेछ ।
एमालेको प्रदेश नेतृत्वले पार्टी विभाजन, कसिलो सत्ता गठबन्धन, माओवादी केन्द्रको प्रभाव बढी हुनु, उम्मेदवार चयनमा त्रुटि र पार्टी केन्द्रको बेवास्तालगायतका कारण अपेक्षित नतिजा हासिल गर्न नसकेको टिप्पणी गरेको छ ।
प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाह एमालेविरुद्ध पाँच पार्टीको गठबन्धन कसिलो हुँदा प्रतिनिधिसभाका सीट गुमाउनुपरेको बताउँछन् । ‘जनताको लोकप्रिय पार्टी एमाले हो भन्ने कुरा हामीले पाएको समानुपातिक मतले नै पुष्टि गरिसकेको छ,’ उनी भन्छन्, ‘यति बलियो घेराबन्दी नहुँदो हो तर हामीले थुप्रै सीट जित्न सकिने अवस्था थियो ।’
त्यसो त एमालेले सत्ता गठबन्धन कसिलो हुँदा पनि दैलेख २ को निर्वाचन जित्न सकिने क्षेत्रका रूपमा प्रक्षेपण गरेको थियो । त्यो क्षेत्रमा कांग्रेसबाहेक गठबन्धनका अन्य दलहरू माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको प्रभाव निकै कम हुँदा नतिजा आफ्नो पक्षमा पार्न सकिने अनुमान थियो । त्यहाँ प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार एउटै वडाका हुनुले केही मत गुमेको विश्लेषण गरिएको छ ।
एमालेका प्रतिनिधिसभाका उम्मेदवार लक्ष्मी पोखरेल र प्रदेशसभाका तिलक रिजाल दुल्लू नगरपालिका– ६ कै बासिन्दा हुन् । भौगोलिक सन्तुलन मिलाउन नसक्दा अन्य पालिकाबाट राम्रो मत लिए पनि पोखरेललाई दुल्लू नगरपालिकाबाटै अपेक्षित मत आएन । प्रतिनिधिसभातर्फ १५३ मतले एमाले पराजय बेहोर्नुपर्यो ।
यसलाई एमाले प्रदेश अध्यक्ष शाह उम्मेदवार चयनमा भएको त्रुटिका रूपमा विश्लेषण गर्छन् । दैलेख– २ को प्रदेशसभा (२) बाट निर्वाचित शाह भन्छन्, ‘एमालेको बलियो संगठन र गठबन्धनका अन्य दलको प्रभाव कम हुँदा दैलेख २ मा जित्न सकिने अनुमान गरेका थियौं, झिनो मतान्तरले पराजय भोग्नुपर्यो ।’
प्रतिनिधिसभामा एमालेको नतिजा शून्य हुनुमा गठबन्धनमात्र मुख्य कारक होइन । गठबन्धन अन्य प्रदेशहरूमा पनि थियो । पार्टी केन्द्रले लामो समयदेखि कर्णालीप्रति हेर्ने दृष्टिकोण, पार्टीभित्र र सरकारमा रहँदा वितरण गरिने अवसरहरूको लाभ कर्णालीले पाउन नसक्दा नेता/कार्यकर्ताहरूमा नैराश्यता बढी छ ।
पार्टीको पदाधिकारीमा कर्णालीका नेता नसमेटिनु, आफ्नै पार्टीको नेतृत्वमा सरकार हुँदा प्रदेश प्रमुखजस्ता महत्त्वपूर्ण पदमा अन्य प्रदेशबाट ल्याइनुजस्ता कारण एमालेमा लामो पृष्ठभूमि भएका नेता कार्यकर्ताहरू निष्क्रिय अवस्थामा छन् । पार्टी केन्द्रले निरन्तर कर्णालीलाई उपेक्षा गरिरहेको गुनासो एमालेवृत्तमा चर्को सुनिने गर्दछ ।
सुर्खेत, दैलेखबाहेक अन्य जिल्लामा एमालेको सांगठनिक अवस्था पनि मजबुत छैन । एमाले विभाजनको सबैभन्दा बढी असर सल्यान, डोल्पा, दैलेख– १, जुम्ला, मुगु, कालीकोटमा परेको छ । सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालासँग एमाले उम्मेदवार निकट प्रतिस्पर्धामै आउन नसक्नु, जुम्लामा गठबन्धन र राप्रपाबीच भोट तानातान हुँदा त्यसको फाइदा उठाउन नसक्नुले पनि एमालेको सांगठनिक अवस्था कमजोर रहेको प्रमाणित गर्दछ ।
कर्णालीमा सुर्खेत, जाजरकोट, मुगु, दैलेखमा एमालेको मुख्य प्रतिस्पर्धी शक्ति कांग्रेस हो । कालीकोट, रुकुम पश्चिम, जुम्ला, हुम्ला लगायतका केही जिल्लामा माओवादी केन्द्रको प्रभाव धेरै हुँदा त्यहाँ एमाले र कांग्रेसको सांगठनिक अवस्था उस्तै–उस्तै छ ।
पार्टी विभाजनका कारण डोल्पामा एमालेको विगतजस्तो बलियो पकड रहेन । २०७०, २०७४ देखि एमालेबाट चुनाव जित्दै आएका धनबहादुर बुढा एकीकृत समाजवादीमा लागेसँगै त्यहाँ एमाले कमजोर बनेको छ । उनी यसपटक एकीकृत समाजवादीबाटै प्रतिनिधिसभामा निर्वाचित भए ।
एमालेका कर्णाली प्रदेश इञ्चार्ज यामलाल कंडेल चौतर्फी घेराबन्दीको एक्लै सामना गर्नु नै एमालेका लागि ठूलो कुरा भएको बताउँछन् ।
‘कर्णालीको सन्दर्भमा पाँच दल एकातिर अनि हामी एक्लै थियौं । केही स्थानमा झिनो मतान्तरले हामी पराजित हुन पुग्यौं,’ उनी भन्छन्, समीक्षाको विषय त होला, पाँचदलीय गठबन्धनसँग एक्लै भिड्नु नै हाम्रो लागि ठूलो चुनौती थियो ।’ एमालेविरुद्धको मोर्चाबन्दीले सीट गुमेपनि जनताको भरोसा भने कायमै रहेको उनी बताउँछन् ।
२०७४ मा कर्णालीमा प्रतिनिधिसभाका १२ मध्ये एमाले ६ सीट जितेर पहिलो दल बनेको थियो । वाम गठबन्धनको सहायतामा एमालेले विगतको नतिजा सुधार गर्दै प्रतिनिधिसभामा आधा सीट सुनिश्चित गरेको थियो ।
त्यस्तै २०७४ मा प्रत्यक्ष र समानुपातिक गरी प्रदेशसभामा २० सीटसहित एमाले ठूलो दल बनेको थियो । यसपटक प्रदेशसभाको तेस्रो दल बनेको छ । गठबन्धनका कारण स्थानीय तहमा पनि एमाले खुम्चिएको छ । २०७४ मा कर्णालीका ६९ स्थानीय तहमध्ये २७ वटा जितेर पहिलो भएको एमाले वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा १५ तहमा खुम्चिन पुग्यो ।
गठबन्धन प्राविधिक कारण मात्रै– सहप्राध्यापक ऐडी
मध्यपश्चिम विश्वविद्यालयका सहप्राध्यापक डा. अर्जुनबहादुर ऐडी कर्णाली प्रदेश सांगठनिक रूपले एमालेको गढ नभए पनि क्रान्तिकारी र मध्यमार्गी मत एक ठाउँमा जाँदा असर पुगेको बताउँछन् ।
‘अघिल्लो चुनावमा दुई कम्युनिस्ट मिल्दा ती मत एक ठाउँमा पुगे र वाम वर्चस्व कायम रह्यो, कांग्रेस प्रतिनिधिसभामा शून्य भयो,’ उनी भन्छन्, ‘यसपटक क्रान्तिकारी र मध्यमार्गीबीचको मिलनले एमालेलाई असर पुर्यायो । न एमालेले क्रान्तिकारी मत तान्न सक्यो न मध्यमार्गी मत नै ।’
गठबन्धन एउटा प्राविधिक कारण मात्र भएको डा. ऐडी बताउँछन् । गठबन्धन भएका अन्य ठाउँमा एमालेले धेरै राम्रो नतिजा निकाले पनि कर्णालीका मतदाताको मनोविज्ञान बुझेर उम्मेदवार उठाउन नसक्दा केही सीट गुमेको उनको बुझाइ छ ।
‘कर्णालीका मतदाता सधैं एउटै शक्तिलाई जिताउँदैनन्, अलि क्रान्तिकारी मतदाता बढी छन् । रक्षात्मक अवस्थामा चुनावमा होमिएको एमालेले पुरानै अनुहार दोहोर्याउँदा पनि नतिजा खस्किएको हुनुपर्छ ।’
यस्तो अवस्थामा चुनाव जाँदा आशालाग्दा अनुहारलाई उम्मेदवार बनाउनुपर्ने उनी बताउँछन् । एमाले प्रदेश अध्यक्ष शाह अन्य प्रदेशभन्दा कर्णालीमा माओवादी केन्द्रको प्रभाव बढी हुँदा अपेक्षित नतिजा हासिल गर्न नसकेको स्वीकार गर्दै भन्छन्, ‘माओवादी केन्द्रको प्रभावले यो प्रदेशमा हामी जहिले पनि दबाबमा पर्छौं ।’
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...