
प्रतिनिधि सभातर्फ धनुषा ४ मा सत्ता गठबन्धनका उम्मेदवार महेन्द्र यादवले अग्रता लिएका छन् । गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका यादवले नेकपा एमालेका रघुवीर महासेठसँग ७१९ मतको अग्रता लिएका हुन् ।
जारी मत गणनाको पछिल्लो परिणामअनुसार यादवले २७ हजार ४२० मत पाएका छन् । एमालेका महासेठले २६ हजार ७०१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका जनता समाजवादी पार्टीका महाजन यादवले ४ हजार ७९४ मत पाउँदा स्वतन्त्र उम्मेदवार २ हजार ७५८ मत पाएका छन् ।