
मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक तर्फको मत गणना जारी छ । सोमवार दिउँसो १ बजेसम्म प्रतिनिधि सभातर्फ हालसम्म ९३ लाख २८ हजार १५६ मत गन्दा फेरि नेकपा माओवादी केन्द्रले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ३ हजार मतान्तरले पछाडि पारेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेले सबैभन्दा धेरै २५ लाख ३९ हजार २१३ मत पाएको छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३ हजार ७५७ मत पाएको छ ।
तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले १० लाख ६७ हजार ५३९ मत पाएको छ । माओवादीभन्दा ३ हजार मत कम पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६४ हजार ३१२ मत पाएको छ । यसअघि सार्वजनिक भएको परिणाममा रास्वपाले माओवादी केन्द्रलाई पछाडि पारेको थियो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ४५ हजार ९८४ मत पाएको छ । जनता समाजवादी पार्टीले ३ लाख २९ हजार ५६४ मत पाएको छ ।
थ्रेस होल्ड कटाउन संघर्ष गरिरहेका दलहरू जनमत पार्टीले २ लाख ६४ हजार ४२ मत पाएको छ । नेकपा एकीकृत समाजवादीले २ लाख ५३ हजार ९९, नागरिक उन्मुक्ति पार्टीले २ लाख ३७ हजार ९६९ मत पाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख २८ हजार ७० मत पाएको छ ।