०८ असार २०८३, सोमबार

‘को होला त्यो’ गायक सुनिल गिरीले गरे विवाह

मंसिर १५, २०७९
‘को होला त्यो’ गायक सुनिल गिरीले गरे विवाह

लोकप्रिय लोकपप गायक सुनिल गिरी वैवाहिक बन्धनमा बाँधिएका छन् । उनले जर्मनीमा बस्दै आएकी अन्जु आचार्यसँग लगनगाँठो कसेका हुन् । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र अञ्जुले जर्मनीमै विवाह गरेका हुन् । अञ्जु उदयपुर गाईघाटकी हुन् । 

सुनिलले बिहीवार आफ्नी जीवनसंगिनीप्रति समर्पित ‘भाग्यमानी’बोलको गीत सार्वजनिक गर्दै आफूले विवाह गरेको जानकारी दिएका हुन् । उक्त गीतमा विवाहका दृश्यहरू समावेश गरिएको छ । गायक सुनिलको ‘को होला त्यो’बोलको गीत निकै चर्चित छ । ‘सोल्टीनी’, ‘झरी परेको रात’, ‘झम्के साँझ’लगायतका गीतहरू पनि चर्चित छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्