×

NMB BANK
NIC ASIA

म्युजिक भिडियो सुटिङअघि निर्देशकको कस्तो तयारी ?

मंसिर १७, २०७९

NTC
म्युजिक भिडियो सुटिङका क्रममा अभिनेता आकाश श्रेष्ठ र मोडल अञ्जली अधिकारीलाई सिकाउँदै निर्देशक काजिश श्रेष्ठ
Premier Steels

सांगीतिक क्षेत्रमा यतिबेलाका चल्तापुर्जा निर्देशक मानिन्छन् काजिश श्रेष्ठ । ५०० भन्दा बढी म्युजिक भिडियोको निर्देशन गरिसकेका श्रेष्ठका ‘धनगढीको बसमा’, ‘सुर्ति माड्दै माड्दै’, ‘पछ्यौरी लिसियो’, ‘कल्ले बोलायो’, ‘बाजा बजाउँदै’ लगायतका गीत करोड क्लबमा प्रवेश गरेका छन् ।

Muktinath Bank

एकपछि अर्को सफल म्युजिक भिडियो दिइरहेका निर्देशक श्रेष्ठ कसरी गर्छन् सुटिङअघिको तयारी ? उनकै शब्दमा –


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लगानी, कलाकारबारे मन्थन


Advertisment
Nabil box
Kumari

निर्देशनका लागि कुरा आएपछि गीत ध्यान दिएर सुन्छु । गीत सुनेपछि लगानी र कलाकारहरूबारे छलफल हुन्छ । कति लगानी हुने ? कलाकारहरू को–को राख्ने भन्नेबारे सल्लाह हुन्छ । कोरस डान्सरहरू कति राख्ने ? कहाँ छायांकन गर्ने ? ड्रेसअप, सेट डिजाइन लगायतका विषयमा पनि छलफल हुन्छ । 

Vianet communication

१०–१२ पटकसम्म गीत सुन्छु

आफूले निर्देशन गर्ने तय भएपछि गीत निरन्तर सुनिरहन्छु । १–२ पटक मात्रै होइन, प्रायः गीतहरू १०–१२ पटकसम्म सुन्छु । म बाइकमा यात्रा गर्दा समेत कानमा हेडफोन लगाएर गीत पटक–पटक सुन्ने गरेको छु । 

भिडियोको कन्सेप्ट चेन्ज भइरहेको हुन्छ

धेरैपटक एउटै गीत सुनेर होला, अब यो शब्द/यो म्युजिक आउँछ भन्ने कुरा दिमागमा ‘सेट’ भइसकेको हुन्छ । गीत सुनिरहँदा आफैं दिमागमा भिडियोको ‘कन्सेप्ट’ बनिसकेको हुन्छ । यद्यपि फेरि गीत सुन्दा अर्को नयाँ कन्सेप्ट आउँछ । दिमागमा कन्सेप्टहरू परिवर्तन भइरहेको हुन्छ । अन्ततः गीतको भावअनुसार एउटा कन्सेप्ट सेट गरेर त्यो नोटबूकमा टिपोट गर्छु । 

कतिपयमा रेकर्डिङदेखि सँगै हुन्छु

कुनै–कुनै गीतहरूको सन्दर्भमा भने रेकर्डिङको समयदेखि नै मसँगै हुन्छु । गायक/गायिका एवं लगानीकर्ताहरूको आग्रहमा रेकर्डिङदेखि सँगै रहेर भिडियोका लागि ‘होमवर्क’ थालिएको हुन्छ । १ महिनाअघि सार्वजनिक ‘धनगढीको बसमा लाहुरे झोलाको’ त्यसरी नै तयारी गरिएको थियो । ‘धनगढीको बसमा’ निकै चलेको गीत थियो । दोस्रो पार्टका लागि चुनौती थियो । त्यसकारण पनि पहिल्यैदेखि छलफल गरेर राम्रो काम गर्ने प्रयास गरिएको थियो । त्यो गीत राम्रो पनि भयो । यसरी काम गरिएको गीतहरू भने एकदमै कम हुने गरेका छन् ।

डान्स प्राक्टिस

कतिपय गीतको सन्दर्भमा सुटिङको १–२ दिनअघि कलाकारहरूलाई बोलाएर डान्स प्राक्टिस समेत गर्ने गरेको छु । विशेषगरी डान्सिङ बिटको गीतमा सुटिङमा सहज होस् भन्ने हेतुले ‘डान्स प्राक्टिस’ गराउने गरेको हुँ ।

कतिपय अवस्थामा डान्स प्राक्टिसका लागि कलाकारहरूले समय दिन भ्याउनुहुन्न । चलेका कलाकारहरूलाई डान्स प्राक्टिसमा आउने समय हुँदैन पनि । त्यस्तो अवस्थामा भिडियोमा दिन्ुपर्ने डान्स स्टेपहरू आफूले सिकेको हुन्छु । राति १२–१ बजेसम्म बसेर आफैं नाचेर, आफू पर्फेक्ट भएर अर्को दिन सुटिङमा जान्छु । कहिलेकाहीँ आफूले प्राक्टिस गरेको डान्स स्टेपहरूको भिडियो मोबाइलमा खिच्ने गरेको छु भने कहिलेकाहीँ त्यस्तो स्टेपहरू दिमागमा सेट गरेर जाने गरेको छु । ताकि सुटिङमा पुगेर कलाकारहरूलाई सिकाउन सजिलो होस्, सुटिङ पनि सहज तरिकाले सकियोस् ।

विगतभन्दा फरक गर्ने कोसिस सधैं रहन्छ

ड्रेसअपमा विशेष ध्यान दिने गरेको छु । भिडियो राम्रो देखाउन, कलाकारहरूलाई आकर्षक देखाउन ड्रेसअपको पनि विशेष भूमिका हुन्छ । त्यसकारण पनि ड्रेस छान्न प्रायः म आफैं पुगिरहेको हुन्छु । डान्सिङ बिटको गीतमा डान्स स्टेपहरू केही फरक गरौं भन्ने हुन्छ । लोकेसन पनि फरक देखियोस् भन्ने कुरामा ध्यान दिन्छु । भिडियोको कथाका लागि पनि मेहनत गर्ने गरेको छु । सम्पूर्ण हिसाबले भिडियो पृथक र आकर्षक बनोस् भन्ने सधैं नै रहन्छ । यद्यपि ड्रेसअप, लोकेसन, कोरस लगायतका कुरामा गीत कस्तो हो ? त्यो कुराले नै मुख्य भूमिका खेल्छ । टीम, उपकरणहरूको सम्पूर्ण चाँजोपाँचो प्रोडक्सन म्यानेजरको सहायतामा बन्दोबस्त भएको हुन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर २९, २०८०

लोकदोहोरी र आधुनिक गीतमा रुचाइएका गीतकार एवं संगीतकार राजकुमार बगरको स्वरमा ‘आँखैमा थियौ सानु’ बोलको गीत सार्वजनिक गरिएको छ ।  बगरकै शब्द एवं संगीत रहेको गीतमा उनीसँगै चर्चित गायिका...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

मंसिर ९, २०८०

बलिउडमा कलाकारको पारिश्रमिकलाई लिएर निकै चर्चा हुन्छ । विशेषगरी चलचित्रका स्टारहरूको पारिश्रमिकबारे सञ्चारमाध्यममा प्रशस्त समाचार बन्छन् ।  नेपालमा पनि बेलाबेलामा चलचित्रका स्टार कलाकारहरूको पारिश्रम...

फागुन २८, २०८०

प्रकाश सपूत र सनिशा भट्टराईको अभिनयमा ‘फूलमाया कान्छी’ बोलको गीत सार्वजनिक भएको छ । सोमवार सार्वजनिक यो माया प्रेममा आधारित गीत हो । गीतमा योगेश काजी शाह र शान्तिश्री परियारको स्वर छ । यसमा कृष्ण...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x