१४ असार २०८३, आइतबार

शान्तीश्रीको लयमा प्रमोद खरेलले गाए दोहोरी गीत

मंसिर १९, २०७९
शान्तीश्रीको लयमा प्रमोद खरेलले गाए दोहोरी गीत

प्रमोद खरेल चर्चित आधुनिक तथा पाश्र्व गायक हुन् । लोकदोहोरी गीतमा भने उनको स्वर विरलै सुन्न पाइन्छ । 

उनै गायक प्रमोदले सोमवार एउटा दोहोरी गीत रेकर्ड गराएका छन् । लोकदोहोरी क्षेत्रकी चर्चित गायिका शान्तीश्री परियारको लयमा उनले दोहोरी गीतमा स्वर भरेका हुन् । गीतमा प्रमोदसँगै शान्तीश्री स्वयंले स्वर दिएकी छन् ।

गायक खरेलले शान्तीश्रीको स्वरजस्तै गीतमा लय भर्ने खुबी पनि गज्जब रहेको भन्दै प्रशंशा गरेका छन् । गीत रेकर्डिङको तस्वीरहरू फेसबुकमा राख्दै गायक प्रमोद लेख्छन्, ‘सांगीतिक यात्रामा आज एउटा अर्को दोहोरी गीत रेकर्ड भयो । शान्तीश्री परियार मिठो स्वर की धनी हुन नै, उनको लय भर्ने खुबी पनि उस्तै गज्जव रहेछ ।’

नारायण भुजेलको शब्द, सुदीप सागरको संगीत संयोजन रहेको समेत गायक प्रमोदले जानकारी दिएका छन् । केही दिनमै गीत सार्वजनिक गर्ने शान्तिश्रीकाे याेजना छ । 
 

salt training

कमेन्ट गर्नुहोस्