२५ असार २०८३, बिहीबार

प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने

मंसिर २०, २०७९
प्रधानमन्त्री देउवाले सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले यही मङ्सिर २२ गते कैलालीको धनगढीमा सुरु हुने सुदूरपश्चिम महोत्सव उद्घाटन गर्ने भएका छन् ।

महोत्सव आयोजक कैलाली उद्योग वाणिज्य सङ्घद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष पुष्पराज कुँवरले प्रधानमन्त्री देउवाले उद्घाटन गर्ने उक्त महोत्सवको तयारी अन्तिम चरमा पुगेको जानकारी दिए । महोत्सव उद्घाटन समारोहमा विभिन्न जातिका संस्कृति झल्किेन झाँकी नृत्य प्रदर्शन गर्ने तयारी छ । 
 
सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कलासंस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना गरिँदै आएको छ । कोरोना महामारीका कारण विगत दुई वर्ष महोत्सव आयोजना गर्न सकिएको थिएन । उक्त महोत्सवमा स्थानीय खानाका परिकार, कृषिउपजलगायतका झण्डै चार सय कक्ष रहने बताइएको छ । आगामी पुस २ गतेसम्म सञ्चालन हुने उक्त महोत्सव अवधिमा झण्डै रु दश करोडको कारोबार हुने सङ्घले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्