१९ असार २०८३, शुक्रबार

नेप्से परिसूचक १६.६१ अंकले घट्यो

मंसिर २१, २०७९
नेप्से परिसूचक १६.६१ अंकले घट्यो

पछिल्लो समय नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ । बुधवार पनि नेप्से परिसूचक १६.६१ अंक घटेर १९१७.२८ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.१३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.४१ अंक घटेको छ ।

बुधवार कारोबारमा आएका २४६ कम्पनीको ८० लाख ९२ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचकसँगै पछिल्लो समय कारोबार रकमसमेत ओरालो लाग्दै गएको छ । 

नेप्सेका १३ उपसमूहमध्ये बुधवार होटल तथा पर्यटन उपसमूहको परिसूचक बाहेक अरु सबै उपसमूहको परिसूचक घटेका छन् । जसमा होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.०१ प्रतिशत बढेको छ । त्यस्तै बैंकिङ, वित्त र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ । 

बुधवार नेप्से परिसूचकमा गिरावट आएपनि खप्तड लघुवित्तको शेयरमूल्य ६.०९ प्रतिशत बढेको छ । त्यसैगरी, कुमारी धनवृद्धि योजनाको इकाइ मूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने ग्रीन भेन्चर्सको शेयरमूल्य करिब साढे ४ प्रतिशत बढेको छ । कारोबारमा आएको नाडेप लघुवित्तको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सानिमा बैंकको ६७ करोड २ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।

salt training

कमेन्ट गर्नुहोस्