०१ असार २०८३, सोमबार

१० करोड वर्ष पुरानो जीवको भेटियो कंकाल

मंसिर २१, २०७९
१० करोड वर्ष पुरानो जीवको भेटियो कंकाल

अस्ट्रेलियामा एक विशाल समुद्री जीवको कंकाल भेटिएको छ । 

यो जीव लगभग १० करोड वर्षपहिलेको भएको बताइएको छ । यसबाट प्रागैतिहासिक जीवनका बारेमा महत्त्वपूर्ण जानकारी प्राप्त हुने वैज्ञानिकहरूको अपेक्षा छ । 

कंकाल १९ फीट लामो गर्दन भएको प्लेसियोसोरको हो । त्यसलाई एलास्मोसोर पनि भनिन्छ । 

गत अगस्ट महिनामा पश्चिम क्वीन्सल्यान्डमा जीवाश्म अनुसन्धाताहरूले यसको खोज गरेका हुन् ।

यस कंकालले क्रिटेशस कालको उत्पत्ति, विकास र तत्कालीन परिस्थितिका बारेमा थप जानकारी दिनेछ । मृत्युपछि प्लेसियोसोरको टाउको शरीरबाट छुट्टिने गर्छ । त्यसैले टाउको र शरीर जोडिएको जीवाश्म खोज्न गाह्रो पर्छ । 
 

salt training

कमेन्ट गर्नुहोस्