०९ असार २०८३, मंगलबार

मेला–महोत्सवमा नसोधी फोटो राखिएपछि एलिना चौहानको गुनासो

मंसिर २२, २०७९
मेला–महोत्सवमा नसोधी फोटो राखिएपछि एलिना चौहानको गुनासो

देशभर मेला/महोत्सव एवं सांगीतिक कार्यक्रमहरुले गति लिएका छन् । मंसिरदेखि फागुनसम्मलाई मेला महोत्सवको सिजन समेत मानिन्छ ।

त्योसँगै विशेषगरी गायक/गायिकाहरुको ब्यस्तता ह्वात्तै बढ्न थालेको छ । स्रोता दर्शकले रुचाएका गायक/गायिकाहरु दिनहूँजसो मेला महोत्सवमा ब्यस्त बन्न थालेका छन् ।

कतिपय मेला महोत्सवहरुमा भने कलाकारहरुको फोटो दुरुपयोग समेत हुँदै आएको छ । सम्बन्धित कलाकारहरुसँग कुरा नगरी पोष्टरमा उनीहरुको फोटो प्रयोग गरेर प्रचारप्रसार हुने क्रम बढ्दो छ । यस्तो नियतिको सिकार पुरानादेखि नयाँ कलाकारहरुसम्म हुने गरेका छन् । पछिल्लो छिमलकी लोकप्रिय गायिका एलिना चौहान पनि यो नियतिको सिकार बनेकी छिन् ।

उनले नेपालभित्रका कतिपय कार्यक्रमहरूमा आफूसँग सम्पर्क र छलफल नगरी पोष्टरमा फोटो राखेको पाएको बताउँदै त्यसो नगर्न अनुरोध गरेकी छिन् ।

‘नेपालका कतिपय कार्यक्रमहरूमा मसँग सम्पर्क/छलफल नै नगरी पोष्टरमा फोटो राखेको पाएँ’ चौहानले फेसबुकमार्फत अनुरोध गरेकी छिन् ‘यस्तो गर्नाले म, मेरा दर्शक अनि अन्य आयोजकहरुमा पनि असर पर्छ । यसर्थ आगामी दिनमा मसँग सल्लाह गरेर मात्र पोष्टरमा नाम राख्नुहुन विनम्र अनुरोध गर्दछु ।’

उनले अत्यन्तै ब्यस्त भएर कार्यक्रमको समयतालिका मिलाउन हम्मेहम्मे भएको समेत बताएकी छिन् ।

देशभित्रबाट मात्र नभएर विदेशबाट पनि कार्यक्रमका लागि उत्तिकै कुरा आएको चौहानले उल्लेख गरेकी छिन् । उनी ‘के माया लाग्छ र ’ बोलको गीतबाट चर्चामा आएकी हुन् । 

salt training

कमेन्ट गर्नुहोस्