१० साउन २०८३, आइतबार

अष्ट्रेलियाबाट फर्किएको दुई साता नपुग्दै बेलायत पुगिन् भूमिका गिरी

मंसिर २५, २०७९
अष्ट्रेलियाबाट फर्किएको दुई साता नपुग्दै बेलायत पुगिन् भूमिका गिरी

लोकदोहोरी गायिका भूमिका गिरीको विदेश दौड हिजोआज ह्वात्तै बढेको छ । यी गायिका दुई दिन अघिमात्रै सांगीतिक कार्यक्रमका लागि बेलायत पुगेकी छिन् । अष्ट्रेलियामा एक महिना लामो सांगीतिक कार्यक्रम सकेर नेपाल फर्किएको दुई साता नपुग्दै गायिका गिरी बेलायत पुगेकी हुन् । 

उनी अबको एक महिना उतै रहनेछिन् । बेलायतका विभिन्न स्थानमा नेपाली समुदायले आयोजना गर्ने सांगीतिक कार्यक्रमहरूमा उनले प्रस्तुती दिनेछिन् । क्रिसमस् इभेन्टस्सँगै अंग्रेजी नयाँ बर्षमा आयोजना हुने सांगीतिक कार्यक्रमहरूमा गिरीको प्रस्तुती रहनेछ ।

उनले स्वर दिएका ‘गोरखपुरको सलाई’, ‘तारा संगै जून’, ‘चोली मैलौ भो’ जस्ता गीतहरू हिट छन् । एक महिनाअघि मात्रै सार्वजनिक उनको ‘देउरालीमा’बोलको गीत पनि यतिबेला चर्चाको शिखरमै छ ।

salt training

कमेन्ट गर्नुहोस्