आफ्नो बिहेका लागि तयार भएको युवकले अर्की युवतीसँग बिहे गरेको देख्दा, ती युवतीको मनमा के कुरा चल्छ होला ? अझ, आफ्नै हातले आफ्नो प्रेमीको बिहे गराइदिनुपर्दा युवतीको भावनामा कस्तो चोट पर्छ होला ? यस्तै मर्म बोकेको एक म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गायिका रचना रिमालको स्वरमा प्रिती कार्कीको शब्द रहेको ‘फूलको चोट’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको हो । गीतमा राजेन्द्र बजगाँइको संगीत छ ।
सार्वजनिक गीतको भिडियोलाई माइकल चन्दले निर्देशन गरेका हुन् । माइकलले गीतको मर्म अनुसार भिडियोलाई मर्मस्पर्शी बनाएका छन् । सुधिर श्रेष्ठ, आश्मा गिरी र प्रिती कार्कीले भिडियोमा अभिनय गरेका छन् । शिलन लम्सालको सम्पादन रहेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।
भिडियोमा आफूसँग बिहेको लागि ठिक्क परेको एक युवकले अर्कै युवतीसँग बिहे गरेपछि एक युवतीले भोगेको पीडालाई माइकलले मन छुने तरिकाले प्रस्तुत गरेका छन् । भिडियोमा सुधिरको प्रिती र आश्मासँग दोहोरो प्रेम देखाइएको छ ।