०६ असार २०८३, शनिबार

सुनिल गिरीको नयाँ गीतमा चर्चित टिकटकर ‘मिस पबि’

सुनिल गिरीको नयाँ गीतमा चर्चित टिकटकर ‘मिस पबि’

चर्चित गायक सुनिल गिरीको नयाँ गीतमा चर्चित टिकटकर मिस पबिले अभिनय गरेकी छिन् । 

‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार ‘जुम्ला’बोलको गीत सार्वजनिक गर्दैछन् । उक्त गीतको भिडियोमा मिस पबि र रोसन केसीले अभिनय गरेका हुन्। जुम्ला पुगेरै छायाँकन गरिएको गीतका शब्द गिरीले अमन निलसागरसँग मिलेर कोरेका हुन्, गीतमा संगीत एवं संगीत संयोजन गायक गिरीकै छ ।​ 

डडेल्धुराकी २३ वर्षीया पवित्रा साँकी टिकटकमा ‘मिस पबि’का नामले चर्चित छिन् । टिकटकमा ८ लाख ७२ हजार बढी फ्लोअर्स कमाएकी उनले चुनावअगाडि प्रधानमन्त्री शेरबहादुरबिरुद्ध उम्मेद्वारी दिएका सागर ढकालको पक्षमा खुलेर टिकटकबाटभोट मागेकी थिइन् ।

स्थानीय भाषामा बोलेर उनले बनाउँदै आएका टिकटक भिडियोलाई दर्शकले निकै रुचाइँदै आएका छन् । उनै ‘मिस पबि’ले यसपटक चर्चित गायकको गीतमा अभिनयको मौका पाएकी हुन् । उनले यसअघि पनि केही म्युजिक भिडियोमा अभिनय गरेकी थिइन् । यद्यपी, ति म्युजिक भिडियोहरुले खास्सै चर्चा भने पाएका थिएनन् ।

शिशिर खातीको निर्देशनमा तयार ‘जुम्ला’ को भिडियोलाई भने बिबेक बि.क.ले छायाँकन गरेका हुन् । सुनिल गिरीको अफिसियल युट्युब च्यानलमार्फत गीत सार्वजनिक हुनेछ । मेहनतका साथ गीत तयार पारेको बताउँदै स्रोता दर्शकलाई निराश नबनाउने गायक गिरीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्