चैत ९, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ । सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...
काठमाडाैं | पुस ८, २०७९
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो पालोमै जसरी पनि प्रधानमन्त्री बन्ने दृढ प्रयासमा छन् ।
उनले सत्ता गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदको आगामी ५ वर्षको कार्यकालमा सत्ताको नेतृत्व आधा–आधा कार्यकाल बाँड्न सहमत गराएका छन् ।
तर, पहिलो पालोमा को प्रधानमन्त्री बन्ने भन्ने अहिलेसम्म टुंगो लागिसकेको छैन ।
गत शनिवार नै प्रचण्डले शेरबहादुर देउवासँग पहिलो पालोको प्रधानमन्त्री आफूले पाउनुपर्ने दाबी गरेका थिए । त्यसबेला देउवाले संसदीय दलको चुनावपछि मात्रै ‘पावर शेयरिङ’बारे छलफल गर्ने जवाफ दिएका थिए ।
गत बुधवार कांग्रेस संसदीय दलको चुनाव भएको थियो । चुनावमा देउवा करीब ७२ प्रतिशत मतका साथ विजयी भएका थिए ।
बिहीवार प्रतिनिधिसभा सदस्यको शपथग्रहण भएपछि माओवादी केन्द्रले पनि संसदीय दलको बैठक राखेर अध्यक्ष प्रचण्डलाई सर्वसम्मतरूपमा संसदीय दलको नेता चयन गरेको थियो ।
संसदीय दलको नेता चुनिएलगत्तै प्रचण्ड कांग्रेस सभापति देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।
आफ्ना सांसदहरूलाई देउवासँग निर्णायक छलफल गर्ने बताएर बालुवाटार गएका प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न सघाउन देउवालाई दबाब दिएका थिए ।
कांग्रेसले सरकार चलाइसकेका अब आफूले पालो पाउनुपर्ने दाबी देउवासमक्ष प्रचण्डले गरेका छन् ।
तर, देउवाले भने पहिलो पालोमा आफू बन्ने भन्दै दोस्रो पालोमा प्रधानमन्त्री हुने सुनिश्चतता गरेर बस्न प्रचण्डलाई आग्रह गरेका थिए ।
प्रचण्ड भने अहिले प्रधानमन्त्री नभए दोस्रो पालोमा अप्ठ्यारो हुने बुझाइमा छन् ।
उता नेकपा एमालेले पनि प्रधानमन्त्री बन्न सहयोग गर्ने संकेत पाएपछि यति बेला परिस्थिति प्रचण्ड अनुकूल बनेको चर्चा छ ।
बिहीवार प्रतिनिधिसभा सदस्यको शपथपछि संसद् भवन परिसरमा एमाले अध्यक्ष ओली र प्रचण्डले राजनीतिक कानेखुसी गरेका थिए । उनीहरूको संवाद सुनेको विश्वस्त स्रोतका अनुसार ओलीले प्रचण्डलाई ‘तयार हुनुस्’ भनेका थिए । तर, प्रचण्डले आनाकानीयुक्त जवाफ फर्काए ।
अहिल्यै कांग्रेसलाई छाडेर एमालेको कित्तामा पुगिहाल्ने मनस्थितिमा प्रचण्ड छैनन् । कांग्रेस नेतृत्वकै गठबन्धनमा चुनाव लडेर प्रधानमन्त्री हुनचाहिँ एमालेको कित्तामा जाँदा अनैतिक हुने टिप्पणी माओवादी केन्द्रभित्रै सुनिन्छ ।
अर्कातर्फ, एकीकृत समाजवादीका नेताहरू एमालेसँग काँध हालिहाल्ने मनस्थितिमा छैनन् ।
प्रचण्ड पनि एकीकृत समाजवादीलाई छाडेर एमालेसँग मिल्न चाहँदैनन् । त्यसो हुँदा उनले सत्तारूढ गठबन्धन नै सजिलो विकल्प ठानेका छन् ।
माओवादी केन्द्रका एक नेता भन्छन्, ‘यतिबेला सत्ताको नेतृत्व लिन प्रचण्डलाई अनुकूल परिस्थिति छ । दोस्रो पालोमा यस्तो अनुकूलता नरहन सक्छ । प्रचण्ड प्रधानमन्त्री बने अहिले नै बन्न सक्छन् । अर्को पालोमा भन्न सकिन्न । यो कुरा प्रचण्डले राम्ररी बुझेका छन् ।’
अहिले प्रधानमन्त्रीको दाबीबाट ब्याक हुनुपर्ने कुनै कारण नरहेको माओवादी केन्द्रका ती नेताको दाबी छ ।
शुक्रबार दिउँसो आफूलाई भेट्न पुगेका माओवादी केन्द्रका सांसदहरूलाई पनि सरकारको नेतृत्व गर्ने परिस्थिति बनेको विश्लेषण प्रचण्डले सुनाएका थिए ।
‘पावर शेयरिङ’का लागि प्याकेजमै सहमति गरेर अघि बढ्ने परिस्थिति बनेको विश्लेषण प्रचण्डले सांसदहरूलाई सुनाएका थिए ।
नेकपा एमालेले पनि प्रचण्डलाई प्रधानमन्त्री स्वीकार्न तयार भएपछि कांग्रेस सभापति देउवामाथि उनी हावी हुने परिस्थिति बनेको छ ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं अध्यक्ष ओलीनिकट मानिने नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमा स्टाटस लेखेरै प्रचण्ड प्रधानमन्त्री बन्नुपर्ने बताएका छन् ।
यसअघि गठबन्धन छाडेर आए प्रमुख राजनीतिक दल बाँडफाँटमा खुला छलफल गर्ने भनेर ‘रिजर्भ’ बसेको एमाले अहिले पनि प्रचण्डलाई फकाउन लागेको छ ।
संघीय संसद्मा प्रमुख प्रतिपक्षको भूमिकामा रहँदा कुनै पनि प्रमुख राजनीतिक पदमा आफ्नो उपस्थिति ५ वर्षकै लागि नरहन सक्ने अवस्थामा एमाले छ ।
त्यसो हुँदा बरू प्रचण्डलाई प्रधानमन्त्री स्वीकारेर अन्य राजनीतिक पदमा उपस्थिति राख्ने मनसायमा एमालेका नेताहरू पुगेका छन् ।
सुवास नेम्वाङ, विष्णु पौडेल र शंकर पोखरेल लगायतका नेताहरूले पटक–पटक भेटेर माओवादी केन्द्रका शीर्ष नेताहरूसँग संवाद गरेका छन् । तर, प्रचण्डले भने कांग्रेससँगको सहकार्य तोड्ने उपयुक्त बहाना पाइसकेका छैनन् ।
कांग्रेसका नेताहरूले औपचारिकरूमा प्रधानमन्त्री माओवादीलाई छाड्न नसकिने भनेको अवस्थामा चाहिँ उनले विकल्प पाउन सक्छन् । माओवादी केन्द्रले सहयोग नगर्दा कांग्रेसले प्रजातान्त्रिक पृष्ठभूमिका शक्तिलाई मात्रै मिलाएर सरकार बनाउन सक्ने अवस्था सहज छैन ।
संसदमा २० सीटसहितको चौथो शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले कांग्रेस सभापति देउवाभन्दा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नै प्रधानमन्त्री हुँदा सहकार्य गर्न सकिने संकेत गरेको छ ।
वामपन्थी गठजोडबाहेकको शक्ति सन्तुलन मिलाउँदा पनि रास्वपाले सहयोग नगरेको अवस्थामा कांग्रेसले संसदमा १३८ को बहुमत पुर्याउन सक्ने अवस्था रहँदैन ।
सरकार बनाउने र भत्काउने खेलमा माहिर प्रचण्डले संसदीय गणितलाई सबै कोणबाट विश्लेषण गरेर प्रधानमन्त्रीमा दाबी गरेका छन् ।
‘संसद्को गणित र राजनीतिक परिस्थिति हेर्दा प्रचण्ड आफ्नो दाबीबाट पछि फर्कनुपर्ने अवस्था देखिँदैन’, माओवादी केन्द्रका एक सांसद भन्छन्, ‘बरु प्रचण्डले पूरै कार्यकाल प्रधानमन्त्री हुन्छु भन्नेचाहिँ सोच्न हुँदैन । त्यो परिस्थिति पनि छैन ।’
कांग्रेसको संस्थापनइतर खेमा माओवादी केन्द्रलाई सरकारको नेतृत्व दिन नहुने पक्षमा थियो । कांग्रेसको संसदीय दलमा संस्थापनइतर खेमाले बहुमत सिद्ध गर्ने आशासहित प्रधानमन्त्री कांग्रेसले राख्नुपर्ने बताउँदै आएको थियो । संसदीय दलको नेतृत्व नपाएपछि त्यो समूहले अहिले भने सरकारको नेतृत्वबारे मुख खोलेको छैन ।
तर, कांग्रेसमा राष्ट्रपति पद अर्को दललाई दिन नहुनेमा सबै एकमत छन् । संसद्को अघिल्लो कार्यकालमा नेकपा एमालेले राष्ट्रपतिकै कारण प्रतिपक्षमा रहेर पनि कतिपय राजनीतिक लाभ लिएको भन्दै कांग्रेसले राष्ट्रपति नछाड्ने भनिरहेको छ । कांग्रेसका कतिपय नेताले राष्ट्रपति र प्रधानमन्त्री दुवै कांग्रेसले राख्नुपर्ने तर्क गरे पनि त्यसको व्यावहारिक कार्यान्वयन भने सम्भव देखिँदैन ।
प्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री दिँदा दोस्रो पालोमा धोका हुनसक्ने विश्लेषण कांग्रेसभित्र छ ।
कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘प्रचण्डलाई पहिलो पालोमा प्रधानमन्त्री दिन नसकिने होइन, तर दोस्रो पालोमा कांग्रेसले नै प्रधानमन्त्री पाउने सुनिश्चितता हुँदैन । सहमतिमा इमान्दार नहुँदा दोस्रो पालोमा एमालेले सरकारको नेतृत्व गर्न पनि सक्छ ।’
माओवादी केन्द्रलाई अहिले सरकारको नेतृत्व दिँदा कांग्रेसले पाउने बेलामा माओवादी–एमाले सहकार्य हुनसक्ने विश्लेषण कांग्रेसका नेताहरूले सुनाउने गरेका छन् ।
त्यसो हुँदा संसद्को ठूलो दल प्रतिपक्षको भूमिका सीमित हुनुपर्ने अवस्था रहन्छ । त्यो जोखिम नउठाउनकै लागि कांग्रेसले अहिले नै सरकारको नेतृत्व गरेर माओवादीलाई दोस्रो पालोमा पर्खन भनिरहेको छ ।
शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेका कांग्रेसका नेता प्रकाशमान सिंहले प्रचण्डलाई दोस्रो पालोमा ३ वर्ष नै सरकारको नेतृत्व गर्न तयार हुन भनेका थिए । तर, प्रचण्ड पहिलो पालोको आफ्नो दाबीबाट पछि हटेका छैनन् । कांग्रेस सभापति शेरबहादुर देउवाको उमेर आदि कारणले पनि पहिलो पालोमा प्रधानमन्त्री दिन सिंहले प्रचण्डलाई अनुरोध गरेका थिए ।
राष्ट्रपतिले प्रधानमन्त्रीको नाम सिफारिश गर्न दिएको समयभित्रै प्रधानमन्त्रीमा प्रचण्डको नाम सिफारिश हुनेमा विश्वस्त रहेका माओवादी केन्द्रका एक नेता भन्छन्, ‘राजनीतिक अवस्था निकै तरल छ । तर, प्रचण्ड कमरेडलाई प्रधानमन्त्री बन्न अहिले जत्तिको अनुकूल आगामी ५ वर्षमा शायदै अर्कोपटक होला ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ फागुनमा विश्वासको मत लिएलगत्तै सरकार विस्तार गर्ने भनिए पनि शुरूबाटै समस्या देखिएका छ । सधैँजसो भागबण्डाको सकस, प्रभावशाली मन्त्रालयको स्वार्थ, धेरै द...
राष्ट्रपति निर्वाचनमा धोका पाएका नेकपा एमालेका नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपादेयता उपराष्ट्रपति निर्वाचनसम्म मात्र भनेर टिप्पणी गर्ने गरेका थिए । राष्ट्रपति आफ्नो ढोक्सामा पारेपछ...
अमेरिकाले इराकमाथि युद्ध शुरू गरेको आज २० वर्ष पूरा भएको छ । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुशले इराकमा आमविनाशकारी हतियार रहेकाले संसारलाई गम्भीर खतरा पुगेको जिकिर लिँदै आक्रमणलाई जायज ठ...
इजरायलमा विगत तीन महिनादेखि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सरकारविरुद्ध प्रदर्शन भइरहेका छन् । हिजो (२६ मार्च) नेतान्याहुले रक्षामन्त्री याओभ गालान्टलाई पदबाट बर्खास्त गरेपछि सर्वसाधारण थप आक्रोशित भएक...
हालैका समयमा भएका केही घटनाक्रमलाई नियाल्दा अमेरिकाले चीनविरुद्धको शीतयुद्धमा भारतलाई अग्रमोर्चाको मुलुकका रूपमा उभ्याउन खोजेको देखिन्छ । त्यसतर्फको पहिलो कदमका रूपमा अमेरिकी सिनेटमा दुई साताअघि अरु...
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बेलारुसमा आणविक हतियार तैनाथ गर्न शुरू गर्ने घोषणा शनिवार (मार्च २५) गरेपछि खैलाबैला मच्चिएको छ । जुलाई १ सम्ममा सीमित दायरामा विनाश गर्ने ट्याक्टिकल आणविक हतियार र...
आज अलि फरक तरिकाबाट छलफल शुरू गरौं जस्तो लाग्यो । राजनीति बाहिरका सन्दर्भले पनि राजनीति र राजनीतिमा लाग्ने पात्र एवं प्रवृत्तिलाई केही सकारात्मक प्रभाव पार्ला कि भन्ने मनसायले फुर्सदलाई सदुपयोग गरी इलोन मस्कलाई ...
प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सदनमा चैत ६ गते दोस्रोपटक विश्वासको मत माग्दै गर्दा एउटा निराशाजनक धारणा व्यक्त गरे, ‘अहिले देशको सार्वजनिक बहसको स्तर खस्केको छ । समाधान होइन, दोषारोपणम...
गत साताभर बेलायती समाचारमा सबैभन्दा बढी चर्चा गेरी लिनेकरको भयो । विगत ३० वर्षदेखि बीबीसीमा फूटबल प्रस्तोताका रूपमा कार्यरत उनी सबैभन्दा महंगा कर्मचारी मानिन्छन् । लिनेकरले ट्विटमा 'अहिलेको सरकारक...