०१ असार २०८३, सोमबार

भारत : उत्तर प्रदेशका प्रहरीका सईले बन्दूकमा गोली लोड गर्न नजान्दा... (भिडियो)

पुस १३, २०७९
भारत : उत्तर प्रदेशका प्रहरीका सईले बन्दूकमा गोली लोड गर्न नजान्दा... (भिडियो)

भारतको उत्तर प्रदेशमा प्रहरीका एक सईले डीआईजीलाई राइफल टेस्ट फायर गरेर देखाउन नसकेको भिडियो भाइरल भएको छ । 

डीआईजीले सईलाई राइफलमा गोली हाल्नका लागि आदेश दिँदा सईले नालतर्फ गोली पसाएका थिए । 

सिद्धार्थनगरमा भएको घटनामा सईले नालबाट गोली पसाएपछि डीआईजीले उसलाई फायरिङ गर्नबाट रोकेका थिए । 

राइफलमा गोली हाल्ने ठाउँ बीचतिर हुन्छ । 

खलीलाबाद थानामा छड्के जाँच गर्न पुगेका डीआईजीले सईको अयोग्यताको प्रमाण प्रत्यक्ष देखेका हुन् । त्यस्ता सईले अपराधीहरूको भिडन्तको स्थितिमा के गर्ने होलान् भनी मानिसहरूले प्रश्न गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्