फूटबल सुपरस्टार क्रिस्टियानो रोनाल्डोले साउदी अरबमा आफू र परिवारलाई राख्नका लागि भव्य घर किनेका छन् ।
साउदी क्लब अल नासरका लागि खेल्न राजधानी रियाद पुगेका रोनाल्डोले त्यहाँको सबभन्दा विलासीमध्येको एक घर किनेका हुन् । कुनै राजामहराजाले बस्ने जस्तो भव्य घरमा उनी बस्नेछन् ।
साउदीकै सबभन्दा अग्लो भवनमध्येको एक किङडम टावरमा रोनाल्डोको घर छ ।
तत्कालका लागि चाहिँ उनी फो सीजन्स होटलमा विलासी सुइटमा बसिरहेका छन् । त्यहाँ उनले एक महिनाका लागि बूकिङ गरेका हुन् ।
रोनाल्डो र उनको परिवारले होटलमा ३ लाखभन्दा बढी डलर खर्च गर्ने बताइएको छ । त्यसपछि चाहिँ उनी प्रेमिका जर्जिना रोड्रिगेज र पाँच सन्तान बस्ने स्थायी घरमा सर्नेछन् ।
रोनाल्डो अहिले बसिरहेको होटलका कोठाहरू यस्ता छन् :