०९ असार २०८३, मंगलबार

‘ए हो र माया’ गीत सुपरहिट भएसँगै सोही टिमले ल्याउँदैछ ‘आहा ! माया’

‘ए हो र माया’ गीत सुपरहिट भएसँगै सोही टिमले ल्याउँदैछ ‘आहा ! माया’

हिमाल सागर र अनु चौधरीको स्वर रहेको ‘ए हो र माया’ बोलको गीत सुपरहिट सावित भयो । विमल अधिकारीको शब्द एवं संगीत, कमल सौरागको एरेन्ज रहेको गीतले सार्वजनिक भएको एक महिनामै युट्युबमा एक करोड भ्युज पाएको थियो । 

मौसम हिमालीको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा विमल र सनिशा भट्टराईको अभिनय एवं नृत्य छ । 

टिकटकमा समेत गीतले नयाँ रेकर्ड कायम गरेको थियो । ‘भावना म्युजिक सोलुशन’को अफिसियल युट्युब च्यानलमा सार्वजनिक गीतको भ्युज अहिले १ करोड १९ लाख पुगिसकेको छ । 

‘ए हो र माया’ सुपरहिट भएसँगै विमल, हिमाल र अनुबीच पुनः सांगीतिक सहकार्य हुने भएको छ । 

विमलकै शब्द एवं संगीत, हिमाल र अनुको स्वरमा नयाँ गीत ‘आहा ! माया’ आउने भएको हो । यो गीतको कमल सौरागले एरेन्ज गरिसकेका छन् । 

गीतकार एवं मोडल विमलले केही दिन अघिदेखि नै आफूहरू ‘आहा ! माया’को तयारीमा लागिसकेको जानकारी दिए । ‘एरेन्जको काम लगभग सकिएको छ । अब, केही दिनमै गीत रेकर्ड गर्नेछौं’ विमलले भने । 

बैशाख १ गते रिलिज गर्ने सोँचका साथ तयारी थालिएको गीतको भिडियोका लागि मोडलहरु भने तय नभइसकेको विमलले जानकारी दिए । 

‘ए हो र मायालाई यति धेरै माया दिनुभयो । आहा माया पनि हामीले एकदमै मेहनतका साथ स्रोता दर्शकहरुसामु ल्याउनेछौं । स्रोता दर्शकलाई अत्यन्तै मिठो गीत दिनेगरी मेहनत गरिरहेका छौं’ उनले भने ।

विमलले आगामी साता आसामी गीत ‘सकुन्तला’को नेपाली भर्सन सार्वजनिक गर्दैछन् ।

यस गीतमा चर्चित आसामी गायक नीलआकाशले स्वर दिएका छन् । भिडियोमा विमल स्वयंमसँगै अञ्जली अधिकारी प्रस्तुत छिन् ।

salt training

कमेन्ट गर्नुहोस्