
टिकटकबाट म्युजिक भिडियोमा उदाएका मोडल विजय पुनले सामाजिक सञ्जाल फेसबुकमा एक निराशाजनक स्टाटस लेखेका छन् ।
बिहीवार दिउँसो उनले लेखेको स्टाटसलाई लिएर कलाकारहरूले चासो व्यक्त गरेका छन् ।
उनले लेखेका छन्, ‘धेरै कुराबाट थाके आमा । रुँदै सबै कुराको समाधान पनि हुँदैन । जन्मदिन आउन २ दिन बाँकी छ । जन्मभन्दा पनि बढी मर्न मन लागेको छ । कतै झुक्किएर मबाट यो गल्ती भयो भन्ने, मलाई कहिले न सराप्नु है आमा !’
उनको अभिनय रहेको ‘घर कता हो बैनीको’, ‘पत्थरको मुटु’ जस्ता गीतको भिडियोहरूले राम्रो भ्युज पाएका छन् ।
विजयको अभिनय रहेको ‘हितैको मायालु’ गीत यतिबेला युट्युब ट्रेन्डिङमै छ । उनले आफूले लेखेको स्टाटस् केही समयकै डिलिट गरेका छन् ।