![सेना र पुलिसको बम स्क्वाडबाट रास्वपा महाधिवेशनस्थलको जाँच [तस्वीरहरू]](https://lktcdn2.prixacdn.net/media/Aarmy_check_RSP_nepal_2_jmFpPoxXSI.jpg)
रास्वपा महाधिवेशनको उद्घाटन कार्यक्रमअघि सेना र पुलिसको बम स्क्वाडबाट महाधिवेशनस्थलको सुरक्षा जाँच गरेको छ ।
चितवनको भरतपुरस्थित गेस्टहाउस चौरमा आइतबार दिउँसो रास्वपाको महाधिवेशनको उद्घाटन हुँदैछ ।
महाधिवेशनलाई रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन्द्र शाहले उद्घाटन गर्ने कार्यक्रम छ ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा शुभकामना दिनका लागि पुग्ने भएका छन् ।
अन्य प्रमुख दल एमाले र नेकपाका भने शीर्ष नेता नजाने भएका छन् ।




